९.१४ अंकले बढ्यो नेप्से
काठमाडौं– साताको अन्तिम दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक वृद्धि भएर बन्द भएको छ । आज नेप्सेमा ९ अर्ब ६४ करोड ५५ लाख ५० हजार रुपैयाँ बराबरको शेयर कारोबार हुँदा नेप्से ९.१४ अंकले बढेको हो ।
आजको कारोबारमा १२२ वटा कम्पनीको शेयर मूल्य वृद्धि भयो भने १२५ वटा कम्पनीको शेयर मूल्यमा गिरावट भयो ।
आज भएको शेयर कारोबारमा होटेल तथा पर्यटन, जलविद्युत, लगानी, लघुवित्त र व्यापार समूह बाहेक अन्यको सूचकमा वृद्धि भयो ।
आजको कारोबारमा नेपाल फाइनान्सका शेयर कारोबारीले आज सबैभन्दा धेरै नाफा आर्जन गरे भने सप्तकोशी विकास बैंकको शेयर कारोबारीले सबैभन्दा धेरै गुमाए ।
ताजा अपडेट
-
तीनवटा संसदीय समितिको बैठक बस्दै
-
२६ दिनपछि सोनम वाङचुकले तोडे अनशन, पेपर लिकविरुद्ध कडा कानुन ल्याउने मोदीको घोषणा
-
अनलाइन सट्टेबाजी र अवैधानिक कारोबार गर्ने दुई लाखभन्दा बढी वेबसाइट तथा एप बन्द
-
तीन महिनामा देशभरबाट सात हजार फरार प्रतिवादी पक्राउ
-
मनसुनी प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना


प्रतिक्रिया