९.१४ अंकले बढ्यो नेप्से

काठमाडौं– साताको अन्तिम दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक वृद्धि भएर बन्द भएको छ । आज नेप्सेमा ९ अर्ब ६४ करोड ५५ लाख ५० हजार रुपैयाँ बराबरको शेयर कारोबार हुँदा नेप्से ९.१४ अंकले बढेको हो ।
आजको कारोबारमा १२२ वटा कम्पनीको शेयर मूल्य वृद्धि भयो भने १२५ वटा कम्पनीको शेयर मूल्यमा गिरावट भयो ।
आज भएको शेयर कारोबारमा होटेल तथा पर्यटन, जलविद्युत, लगानी, लघुवित्त र व्यापार समूह बाहेक अन्यको सूचकमा वृद्धि भयो ।
आजको कारोबारमा नेपाल फाइनान्सका शेयर कारोबारीले आज सबैभन्दा धेरै नाफा आर्जन गरे भने सप्तकोशी विकास बैंकको शेयर कारोबारीले सबैभन्दा धेरै गुमाए ।
ताजा अपडेट
-
पोखरा अन्तरराष्ट्रिय विमानस्थल परिसरमा अत्याधुनिक हवाई इन्धन डिपो निर्माण सम्पन्न
-
नेपाल औषधि लिमिटेडले २० प्रकारका औषधि उत्पादन गर्ने
-
फाँट र खोला किनारमा देखिन छाडे बकुल्ला
-
भिजिट भिसा प्रकरणमा रास्वपाको अडान यथावत्, प्रतिरोध कायम गर्ने निर्णय
-
चोभार गल्छीका ऐतिहासिक चट्टानहरू नहटाइने
प्रतिक्रिया