बागमती प्रदेश सभा बैठक बस्दै
बागमती । बागमती प्रदेश सभाको बैठक आज बस्दैछ । बिहान ८ बजे बस्नेछ । बैठकमा बागमती प्रदेश सरकारद्वारा प्रस्तुत आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटमाथि छलफल जारी राख्ने कार्यसूची छ ।
यही असार १ गते बसेको प्रदेश सभाको बैठकमा प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री कुन्दनराज काफ्लेले आगामी आव २०८२/८३ को नीति तथा कार्यक्रम कार्यान्वयनका लागि रु. ६७ अर्ब ४७ करोड ७३ लाख २७ हजारको बजेट प्रदेशसभा समक्ष प्रस्ताव गरेका थिए । सो बजेटमाथि असार २० गतेदेखि प्रदेश सभा बैठकमा छलफल जारी छ ।
हिजो बसेको प्रदेश सभा बैठकमा २३ जना प्रदेश सभा सदस्यहरूले सरकारद्वारा प्रस्तुत बजेटमाथि आफ्ना धारणा राखेका थिए । प्रदेश सभा सचिवालयका सचिव रामकुमार पौडेलका अनुसार बोल्न बाँकी प्रदेश सभा सदस्यहरूले आज बोल्ने कार्यसूची छ ।
बजेट वक्तव्यमाथि छलफल गरेर विनियोजन विधेयक पेस गरे पनि प्रतिपक्षी दलले बजेटको पूरक प्रस्ताव माग गरेपछि स्थगित भएको थियो । शनिबार बिहानै दलहरुबीच छलफल गरे पनि सहमति जुट्न नसकेपछि अन्ततः सरकारले शनिबार साँझ प्रदेश सभामा बजेटको पूरक प्रस्ताव दर्ता गराएको थियो ।
यसैबीच नेपाली काँग्रेस संसदीय दलले आफ्ना प्रदेशसभा सदस्यलाई ह्विप जारी गरेको छ । संसदीय दलका प्रमुख सचेतक गोविन्द लम्सालले प्रदेश सभा बैठकमा अनिवार्य रूपमा उपस्थित हुन र पार्टीको निर्देशनअनुसार मतदान गर्न निर्देशन दिएका छन् ।
ताजा अपडेट
-
अनलाइन सट्टेबाजी र अवैधानिक कारोबार गर्ने दुई लाखभन्दा बढी वेबसाइट तथा एप बन्द
-
तीन महिनामा देशभरबाट सात हजार फरार प्रतिवादी पक्राउ
-
मनसुनी प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
-
नेपालमा अब भारू २०० र ५०० का नोट चल्ने
-
वर्षा र पहिरोले एक दर्जन सडक प्रभावित, नौ राजमार्ग पूर्ण रूपमा अवरुद्ध


प्रतिक्रिया