NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ जेठ २३ गते

चार कम्पनी कालोसूचीमा

काठमाडौं। सार्वजनिक खरिद अनुगमन कार्यालयले तीन निर्माण कम्पनी र एउटा स्वास्थ्य सामग्री आपूर्तिकर्ता फर्मलाई कालोसूचीमा राखेको छ।

कालोसूचीमा पर्नेमा ग्रीन लीफ प्रालि काठमाडौं, शिवम् कन्स्ट्रक्सन जनकपुर, डीजी इगल कन्स्ट्रक्सन एण्ड बिल्डर्स टोखा र थोमस कन्स्ट्रक्सन एण्ड सप्लायर्स सुनसरी छन्। सम्झौताअनुसार काम नगरेपछि सम्बद्ध कार्यालयहरुले कार्बाही सिफारिस गरेको सार्वजनिक खरिद अनुगमन कार्यालयले जनाएको छ।

स्वास्थ्य सामग्री आपूर्तिकर्ता कम्पनी ग्रीन लीफलाई धरानको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले कालोसूचीमा राख्न सार्वजनिक खरिद कार्यालयमा लेखिपठाएको हो। शिवम् कन्स्ट्रक्सनलाई महोत्तरीको गौशाला नगरपालिकाको कार्यालय, डीजी इगललाई सडक डिभीजन रौतहट र थोमस कन्स्ट्रक्सनलाई कोशी प्रदेश सरकारको सहरी विकास तथा भवन कार्यालयले कार्बाही सिफारिस गरेका हुन्।

कार्बाहीमा परेका कम्पनीहरुले एक वर्षसम्म सार्वजनिक खरिदमा सहभागी हुन नपाउने सोमबार प्रकाशित सूचनामा उल्लेख छ।

 

ताजा अपडेट

नेपालवाच विशेष