भोटेकोशीमा आएको बाढीले मितेरी पुल बगायो,रसुवा हुँदै चीनसम्मको मार्ग बिच्छेद
काठमाडौँ । भीषण वर्षासँगैको भोटेकोशीमा आएको बाढीले नेपाल–चीन जोड्ने मितेरी पुल बगाएको छ । भोटेकोशी नदीमा एक्कासी ठूलो बाढी आएको हो ।
तिब्बतबाट बग्दै आएको नदीमा आएको बाढीले नेपाल–चीन नाका तिब्बत जोड्ने मितेरी पुल बगाएको जिल्ला प्रहरी कार्यालय रसुवाका सई ज्योतिराम बीसीले जानकारी दिए । रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलले पनि गए रातिको बाढीले पुल बगाएको पुष्टि गरेका छन् । यससँगै रसुवा हुँदै चीनसम्मको मार्ग बिच्छेद भएको छ ।
यस्तै भन्सारको यार्ड (ड्राइपोट) मा रहेका १०० देखि १५० वटा गाडीमध्ये अधिकांश बाढीले बगाएको जानकारी आएको समेत उनले मंगलबार बिहान बताएका छन् । उनले ड्राइपोटमा काम गर्ने केही चालक, मजदुरलाई पनि बाढीले बगाएको हुनसक्ने भन्दै जानकारी आएको भए पनि हालसम्म पुष्टि भने हुन नसकेको बताए । उनले समग्रमा क्षति ठूलो भएको भन्दै घटनास्थलमा पुगेर क्षतिको थप विवरण र सूचना संकलन गर्ने काम भइरहेको बताए ।
ताजा अपडेट
-
नवरात्रको नवौँ दिन: शक्तिपीठमा भक्तजनको घुइँचो
-
मासु खाँदा हड्डी अड्किए के गर्ने, के नगर्ने ?
-
गेटामा एमबीबीएस सञ्चालनको अनुमति खारेज गर्न डा. केसीको माग, एक साताको अल्टिमेटम
-
सशस्त्र प्रहरीद्वारा दशैँको अवसरमा काठमाडौँ उपत्यकामा निःशुल्क बस सेवा सञ्चालन
-
एनटी फाइबरको सस्तो इन्टरनेट प्याकेजमा आकर्षण, ग्राहकले अब अनलाइनबाट पनि सेवा लिन सक्ने


प्रतिक्रिया