NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ असार २४ गते

भोटेकोशी र सुनकोशी नदी आसपासका क्षेत्रमा सतर्कता अपनाउन सिन्धुपाल्चोक प्रशासनको आग्रह

काठमाडौँ । छिमेकी राष्ट्र चीनको तिब्बत क्षेत्रको न्यालममा भारी वर्षा भएको सूचना आएको भन्दै जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले भोटेकोशी र सुनकोशी नदी आसपासका क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरेको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी गणेश नेपालीले तिब्बत क्षेत्रमा वर्षा भइरहेको र आज राति बढी वर्षा हुन सक्ने सम्भावना रहेको भनी चिनियाँ अधिकारीबाट सूचना प्राप्त भएको बताएका छन् ।

प्रशासनद्वारा जारी सूचनामा भनिएको छ, ‘भोटेकोशी र सुनकोशी नदी आसपास क्षेत्रमा जोखिम हुन सक्ने भएकोले नदी आसपास क्षेत्रका बासिन्दाहरूमा सतर्कता अपनाउन र अरनिको राजमार्ग (बन्देउदेखि लिपिङ) मा सवारी साधन चलाउँदा समेत सतर्कता अपनाउन हुन यो सूचना प्रकाशित गरिएको छ ।’

गएराति रसुवास्थित नेपाल-चीन सीमामा रहेको ल्हेन्दे खोलामा आएको बाढीले ठूलो जनधनको क्षति पुगेको छ । बाढीमा परी नेपाली र चिनियाँ नागरिकसहित १८ जना बेपत्ता भएका छन् । बाढीले नेपाल-चीन जोड्ने मितेरी पुलसमेत बगाएको छ ।

 

ताजा अपडेट

नेपालवाच विशेष