NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १८ गते

पल प्रकरण : नाबालिग गायिकाले पूर्वी नवलपरासीको अदालतमा पनि उस्तै बयान दिइन्

काठमाडौं । आफूलाई अभिनेता पल शाह (पूर्णविक्रम)ले जबरजस्ती करणी गरेको भन्दै मुद्दा दर्ता गराएकी नाबालिग गायिकाले जिल्ला अदालत पूर्वी नवलपरासीमा पनि बयान फेरेकी छिन् ।

उनले आज बकपत्र दिँदै अभिनेता शाहले आफूलाई बलात्कार नगरेको बरु अरुको उक्साहटमा आफूले उनीविरुद्ध अभियोग लगाएको बयान दिएको अदालत स्रोतले जनाएको छ ।

बुधबार साढे ४ बजे ती गायिकाको बयान सकिएपछि उनका बुवाको बयान सुरु भएको छ ।

गत आइतबार पनि ती गायिकाले जिल्ला अदालत तनहुँमा बकपत्र दिने क्रममा बयान फेरेकी थिइन् ।

मंगलबार उनका बुवाले पनि उस्तै बयान दिएका थिए ।

अभिनेता शाहलाई पनि बुधबार तनहुँबाट पुर्वी नवलपरासी ल्याइएको छ ।