पल प्रकरण : नाबालिग गायिकाले पूर्वी नवलपरासीको अदालतमा पनि उस्तै बयान दिइन्
काठमाडौं । आफूलाई अभिनेता पल शाह (पूर्णविक्रम)ले जबरजस्ती करणी गरेको भन्दै मुद्दा दर्ता गराएकी नाबालिग गायिकाले जिल्ला अदालत पूर्वी नवलपरासीमा पनि बयान फेरेकी छिन् ।
उनले आज बकपत्र दिँदै अभिनेता शाहले आफूलाई बलात्कार नगरेको बरु अरुको उक्साहटमा आफूले उनीविरुद्ध अभियोग लगाएको बयान दिएको अदालत स्रोतले जनाएको छ ।
बुधबार साढे ४ बजे ती गायिकाको बयान सकिएपछि उनका बुवाको बयान सुरु भएको छ ।
गत आइतबार पनि ती गायिकाले जिल्ला अदालत तनहुँमा बकपत्र दिने क्रममा बयान फेरेकी थिइन् ।
मंगलबार उनका बुवाले पनि उस्तै बयान दिएका थिए ।
अभिनेता शाहलाई पनि बुधबार तनहुँबाट पुर्वी नवलपरासी ल्याइएको छ ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया