NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ जेठ २३ गते

राप्ती नदीमा फसेका तीन जनाको सशस्त्र प्रहरीद्वारा सकुशल उद्धार

काठमाडौँ । बाँके जिल्लाको राप्तीसोनारी गाउँपालिका-५ गोरधुईस्थित राप्ती नदीमा फसेका तीन जनाको सकुशल उद्धार गरेको छ।

 

गाईबस्तु चराउन गएका उनीहरू राप्ती नदीमा एक्कासी आएको बाढीका कारण नदीको बिच टापुमा फसेका थिए। उक्त जानकारी पाउनासाथ सशस्त्र प्रहरी बल नेपाल नं. ४२ रिजर्भ शंम्शेरगंज बाँकेबाट खटिएको गोताखोरसहितको सुरक्षा फौजले उनीहरूको सकुशल उद्धार गरेको हो ।

उद्धार गरिएकाहरूमा सोही गाउँपालिका-५ बस्ने ५२ वर्षीय मानसिंह धामी, ६९ वर्षीय लीलबहादुर खत्री र ५० वर्षीय ससु वली छन्। उनीहरूलाई सशस्त्र प्रहरीले बुधबार सकुशल उद्धार गरेको हो । हाल उनीहरूको अवस्था भने सामान्य रहेको बताइएको छ ।