पूर्वनिर्वाचन आयुक्त इला शर्माको निधन
काठमाडौँ । निर्वाचन आयोगकी पूर्वआयुक्त इला शर्माको निधन भएको छ । छाती दुखाइपछि थापाथलीस्थित नर्भिक अस्पताल भर्ना भएकी शर्माको शनिबार साँझ ७ बजे उपचारका क्रममा हृदयाघातका कारण निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।
शव आज अस्पतालमै राखिने छ । परिवारका एक सदस्यका अनुसार भोलि आइतबार भारतबाट जेठी छोरी आएपछि शर्माको अन्त्येष्टि प्रक्रिया अघि बढाइने छ । शर्माको दाहसंस्कार भने भोलि मात्रै गरिनेछ ।
इलाले २०६९ देखि ०७५ सम्म संवैधानिक निकाय निर्वाचन आयोगमा आयुक्तको जिम्मेवारी सम्हालेकी थिइन् । शर्माले निर्वाचन कानुन, नियमावली र निर्देशनको मस्यौदा तयार गर्ने उच्चस्तरीय कानुनी मस्यौदा तथा राजनीतिक सम्बन्ध समितिको नेतृत्व गरेर काम गरेकी थिइन् ।
शर्माको जन्म धनुषामा भए पनि उनी बनारसमा हुर्किएकी थिइन् । इला प्राध्यापन, पत्रकारितामा समेत संलग्न भएकी थिइन् । पछिल्लो समय उनी सिटिजन्स बैंक इन्टरनेसनलको डाइरेक्टर थिइन् ।
उनका दुई छोरी छन् ।
ताजा अपडेट
-
नवरात्रको नवौँ दिन: शक्तिपीठमा भक्तजनको घुइँचो
-
मासु खाँदा हड्डी अड्किए के गर्ने, के नगर्ने ?
-
गेटामा एमबीबीएस सञ्चालनको अनुमति खारेज गर्न डा. केसीको माग, एक साताको अल्टिमेटम
-
सशस्त्र प्रहरीद्वारा दशैँको अवसरमा काठमाडौँ उपत्यकामा निःशुल्क बस सेवा सञ्चालन
-
एनटी फाइबरको सस्तो इन्टरनेट प्याकेजमा आकर्षण, ग्राहकले अब अनलाइनबाट पनि सेवा लिन सक्ने


प्रतिक्रिया