NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ जेठ २३ गते

छाउगोठ नभत्काए १० हजार जरिवाना

कञ्चनपुर । कञ्चनपुरको कृष्णपुर नगरपालिकाले छाउगोठ नभत्काए १० हजार जरिवाना गर्ने भएको छ । नगरपालिकाले १५ दिनभित्र छाउगोठ भत्काउन आज सूचना जारी गरेको छ ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खगेन्द्रप्रसाद भट्टले भने, ‘सबै वडा कार्यालयलाई वडामा छाउगोठ निरीक्षण गरी १५ दिनभित्र भत्काउन भनेका छौँ ।’ शनिबार वडा नम्बर–१ निगालीकी २८ वर्षीया कमला आउजीको छाउगोठमा सुतेको अवस्थामा सर्पले डसेर मृत्यु भएपछि नगरपालिकाले उक्त निर्णय गरेको हो ।

पक्की घर हुँदाहुँदै आउजी देउता रिसाउने अन्धविश्वासले घरको छेउमै बनाइएको छाउगोठमा बस्दै आएकी थिइन् । कृष्णपुर–१ का वडाध्यक्ष मोहनबहादुर बस्नेतलले भने, ‘धेरै छाउगोठ त हामीले भत्कायाै‌, त्यो बेला अनेकाै‌ गाली खायौँ, झगडा समेत भयो । हामीले भत्काएर आएपछि पुनः छाउगोठ बनाइहाले ।’