एमाले पोलिटब्युरो बैठक बस्दै, विधान मस्यौदामाथि छलफल हुने
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (एमाले)को पोलिटब्युरो बैठक आज पनि बस्दैछ । हिजोबाट जारी बैठक पार्टी कार्यालय च्यासलमा आज बिहान ११ बजेबाट सुरु हुनेछ ।
आजको बैठकमा उपाध्यक्ष विष्णुप्रसाद पौडेलले प्रस्तुत गरेको विधान मस्यौदामाथि छलफल हुनेछ ।
शुक्रबार विधान संशोधन प्रस्तावमाथि सात जनाले आ-आफ्नो धारणा राखेका थिए । विधान संशोधन प्रस्तावमाथि लालबाबु पण्डित, डा.राजन भट्टराई, काशीनाथ अधिकारी, किरण गुरुङ, शेरधन राई, खगराज अधिकारी र कर्णबहादुर थापाले बोलिसकेका छन् । आज अन्य नेताहरूले आ आफ्नो धारणा राख्नेछन् ।
एमालेको विधान महाधिवेशन आगामी भदौ २० देखि २२ गतेसम्म ललितपुरको गोदावरीस्थित सनराइज अन्तरराष्ट्रिय सम्मेलन केन्द्रमा राखिएको छ ।
ताजा अपडेट
-
कांग्रेसको आधिकारिकता विवाद फेरि सर्वोच्चमा
-
पाँच हजार अमेरिकी डलर बराबरको रकम भन्सार घोषणा नगरी ल्याउन पाइने
-
कांग्रेसको आधिकारिकता विवाद फेरि सर्वोच्चमा
-
अर्ग्यानिक उत्पादन प्रवर्द्धनका समस्या समाधान गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता
-
दीपक भट्टसित जोडिएका मृगेन्द्रनाथ रिमाल पक्राउ


प्रतिक्रिया