राष्ट्रिय वाणिज्य बैङ्कको सञ्चालक समितिले देवकुमार ढकाललाई अध्यक्ष चयन
काठमाडौं– राष्ट्रिय वाणिज्य बैङ्क लिमिटेडको सञ्चालक समितिले देवकुमार ढकाललाई अध्यक्ष चयन गरेको छ ।
शुक्रबारको बैठकले ढकाललाई सर्वसम्मत अध्यक्ष चयन गरेसँगै उनले पदभारसमेत ग्रहण गरेका छन् ।
ढकालसँग नेपाल राष्ट्र बैङ्कमा ३० वर्षभन्दा बढी समय विभिन्न जिम्मेवारीमा रहेर सेवा गरेको अनुभव छ ।
पछिल्लो समय राष्ट्र बैङ्कको निर्देशकको जिम्मेवारीमा रहेर कार्य गरेका ढकाल वित्तीय प्रणाली, बैङ्किग प्रशासन तथा नियमन प्रणाली विषयको जानकार हुन् ।
नवनियुक्त ढकाललाई बैङ्क सञ्चालक समिति सदस्यहरू महेश भट्टराई, लक्ष्मण घिमिरे, प्राध्यापक डाक्टर रामप्रसाद ज्ञवाली, रोमिला ढकाल उप्रेती, डा. सूर्यबहादुर राना, प्रमुख कार्यकारी अधिकृत देवेन्द्ररमण खनाललगायतले स्वागत गरेका थिए ।
२०२२ सालमा स्थापना भएको राष्ट्रिय वाणिज्य बैङ्कले अहिले तीन सय नौ वटा शाखा कार्यालयमार्फत ७७ वटै जिल्लामा करिव ४७ लाखभन्दा बढी सेवाग्राहीलाई सेवा प्रवाह गर्दै आएको छ ।
बैङ्क आफ्नो सेवालाई समय सापेक्ष बनाउँदै प्रविधिमा आधारित वित्तीय समावेशीकरण र दिगो बैङ्किग सेवा विकासमा केन्द्रित रहेको छ ।
ताजा अपडेट
-
नवरात्रको नवौँ दिन: शक्तिपीठमा भक्तजनको घुइँचो
-
मासु खाँदा हड्डी अड्किए के गर्ने, के नगर्ने ?
-
गेटामा एमबीबीएस सञ्चालनको अनुमति खारेज गर्न डा. केसीको माग, एक साताको अल्टिमेटम
-
सशस्त्र प्रहरीद्वारा दशैँको अवसरमा काठमाडौँ उपत्यकामा निःशुल्क बस सेवा सञ्चालन
-
एनटी फाइबरको सस्तो इन्टरनेट प्याकेजमा आकर्षण, ग्राहकले अब अनलाइनबाट पनि सेवा लिन सक्ने


प्रतिक्रिया