प्रधानमन्त्रीकै सहमतिमा गभर्नर हटाइएको हो : प्रचण्ड
काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्डले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई प्रधानमन्त्रीको सरसल्लाहका आधारमा अर्थमन्त्री जनार्दन शर्माले हटाएको बताएका छन् । साथै उनले सत्तागठबन्धनका दलबीच स्वस्थ प्रतिस्पर्धाको ठाउँ खुला राखेको पनि बताए ।
बिहीबार बिहान धनगढीमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले यस्तो बताएका हुन् ।
‘राष्ट्र बैंकका गभर्नर अधिकारीलाई प्रधानमन्त्रीको सल्लाहमा नै अर्थमन्त्री जनार्दन शर्माले हटाउनु भएको हो,’ प्रचण्डले भने । गभर्नर अधिकारीका कारण सुरुदेखि नै समस्या आएको पनि उनले बताए ।
सरकारलाई असहयोग गरेको भन्दै अर्थमन्त्री जनार्दन शर्माले गभर्नर अधिकारीलाई निलम्बन गरेका थिए । सरकारको यस्तो कदमसँगै सर्वोच्च अदालत गएका उनलाई कारबाही नगर्न अन्तरिम आदेश जारी भएको छ । अन्तरिम आदेशसँगै उनी बुधबारबाट काममा फर्किएका छन् ।
यसैबीच, प्रचण्डले सत्तागठबन्धन दलबीच स्वच्छ प्रतिस्पर्धाका लागि ठाउँ राखेको बताएका छन् । तथापि, पहिलो प्राथमिकताचाहिँ तालमेल नै हुने प्रचण्डको भनाइ छ ।
‘सत्तागठबन्धनबीच स्वच्छ प्रतिस्पर्धाको ठाउँ पनि राखेका छौं,’ उनले अगाडि भने, ‘तथापि, हाम्रो पहिलो प्राथमिकतामा तालमेल नै हुन्छ ।’
केन्द्रमा भएको सहमति आत्मसाथ गरी अगाडि बढ्न पनि उनले नेता–कार्यकर्तालाई निर्देशन दिए ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया