शिक्षासहित पाँचवटा संसदीय समितिको बैठक बस्दै
काठमाडौं– संघीय संसद अन्तर्गत रहेका विभिन्न पाँचवटा संसदीय समितिको बैठक बस्दै छन् । आइतबार शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति, महिला तथा सामाजिक मामिला समिति, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति, कानून, न्याय तथा मानवअधिकार समिति र विधायन व्यवस्थापन समितिको बैठक बस्न लागेका हुन् ।
सबै समितिका बैठक बिहान ११ देखि दिउँसो १ बजेको बीचमा सिंहदरबारस्थित आआफ्नै कार्यकक्षमा बस्ने छन् ।
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा मिडिया काउन्सिल विधेयकमाथि सैद्धान्तिक छलफल गर्ने कार्यसूची रहेको छ ।
यस्तै, महिला तथा सामाजिक मामिला समितिको बैठकमा मधेसी आयोगको वार्षिक प्रतिवेदन (आर्थिक वर्ष २०८०–०८१) माथि छलफल हुनेछ ।
सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा राष्ट्रिय निकुञ्जहरुसँग सम्बन्धित प्रतिवेदनमाथि छलफल गर्ने तयारी छ ।
कानून, न्याय तथा मानवअधिकार समितिको बैठकमा विश्वव्यापी आवधिक समीक्षा सम्बन्धमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयसँग सम्बन्धित छलफल हुनेछ ।
यसैगरी, विधायन व्यवस्थापन समितिको बैठकमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१ माथि दफावार छलफल गर्ने कार्यसूची रहेको छ ।
ताजा अपडेट
-
नवरात्रको नवौँ दिन: शक्तिपीठमा भक्तजनको घुइँचो
-
मासु खाँदा हड्डी अड्किए के गर्ने, के नगर्ने ?
-
गेटामा एमबीबीएस सञ्चालनको अनुमति खारेज गर्न डा. केसीको माग, एक साताको अल्टिमेटम
-
सशस्त्र प्रहरीद्वारा दशैँको अवसरमा काठमाडौँ उपत्यकामा निःशुल्क बस सेवा सञ्चालन
-
एनटी फाइबरको सस्तो इन्टरनेट प्याकेजमा आकर्षण, ग्राहकले अब अनलाइनबाट पनि सेवा लिन सक्ने


प्रतिक्रिया