विश्वव्यापी ब्राण्ड प्रो होण्डा जेनुईन ईन्जिन आयल अब नेपालमा
काठमाडौं । नेपालका लागि होण्डा मोटर कम्पनीको आधिकारीक बितरक स्याकार ट्रेडिङ कम्पनीले नेपालमा प्रो होण्डा जेनुईन ईन्जिन आयललाई नयाँ ग्लोबल होण्डा ब्राण्डको रुपमा भित्राएर बिक्री वितरण सुरु गरेको छ ।
होण्डा मोटर कम्पनीले मोटर साईकल र अन्य पावर प्रडक्ट्स उत्पादनहरुका लागि बिकशित आधुनिक र विश्वस्तरीय यो ईन्जिन आयल ब्राण्डको उद्देश्य होण्डाका सबै प्रयोगकर्ताहरुलाई आफ्नो सवारी तथा पावर प्रडक्ट्सका लागि गुणस्तरीय जेनुईन ईन्जिन आयल सुबिधा पु-याउनु रहेको कम्पनीको भनाइ छ ।
कम्पनीका अनुसार प्रो होण्डा आयल सवारीको इन्जिन लामो समयसम्म टिक्न र वातावरणमा प्रदुषण कम गर्न मद्दत पुगोस् भनेर तयार गरिएको हो । यसको नयाँ प्रविधिले इन्जिनभित्रको घर्षणलाई कम गर्छ, जसले गर्दा गाडीमा पेट्रोल कम खपत हुने र मर्मत गर्न लाग्ने खर्चमा पनि कमी आउनुुका साथै यसमा खिया लाग्न नदिने विशेष गुण भएकाले यसले इन्जिनका पाटपुर्जाहरूलाई खियाबाट जोगाउँने र समग्रमा इन्जिनको आयु अझ बढाउँछ ।
प्रो होण्डा आयल वातावरणमैत्री हुनुका साथै आर्थिक भार पनि कम गर्ने भएकाले सवारी धनीहरूका लागि यसको प्रयोग गर्नु अत्यन्तै लाभदायक हुनेछ। इन्जिनलाई सुरक्षित राख्नुका साथै प्रो होण्डा आयलले इन्जिनको कार्यक्षमता समेत बढाउने कुरामा कम्पनी विश्वस्त रहेको छ । प्रो होण्डा आयल विभिन्न गुणस्तरीय भेरियन्टहरूमा उपलब्ध छन् ।
यसमा १० डब्लु ३० एमए नेपाल १ लिटर, त्यसपछि १० डब्लु ३० एमबी नेपाल ०.८ लिटर, त्यसैगरी ५ डब्लु ३० एमए नेपाल ०.६ लिटर, साथै ५ डब्लु ३० एमबी नेपाल १ लिटर, र अन्तमा होण्डा हाई पर्फमेन्स इन्जिन आयल एसएई १० डब्लु ३० रहेका छन्।
यस नयाँ र गुणस्तरीय उत्पादनको लन्च सँगै होण्डाले नेपालका सवारी साधन धनीहरुलाई उत्कृष्ट आयलको अनुभब प्रदान गर्ने आफ्नो प्रतिबद्धतालाई पुनः दाहो-याएको छ । “प्रो होण्डा आयल” ले नेपाली बजारमा सवारी साधनको ईन्जिनमा सुधार ल्याउने र ग्राहकहरुको विश्वास जित्ने अपेक्षा गरिएको छ ।
ताजा अपडेट
-
कांग्रेसको आधिकारिकता विवाद फेरि सर्वोच्चमा
-
पाँच हजार अमेरिकी डलर बराबरको रकम भन्सार घोषणा नगरी ल्याउन पाइने
-
कांग्रेसको आधिकारिकता विवाद फेरि सर्वोच्चमा
-
अर्ग्यानिक उत्पादन प्रवर्द्धनका समस्या समाधान गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता
-
दीपक भट्टसित जोडिएका मृगेन्द्रनाथ रिमाल पक्राउ


प्रतिक्रिया