बाढीका कारण केरुङमा रोकिएका नेपालीलाई तातोपानी नाकाबाट नेपाल फर्काउँदै चीन
काठमाडौँ । बाढीका कारण केरुङमा रोकिएका नेपाली भोलि तातोपानी नाकाबाट नेपाल फर्कने भएका छन्। गत असार २४ गते रसुवास्थित भोटेकोशी नदीमा आएको बाढीले रसुवागढी नाकाको मितेरी पुल बगाएपछि उनीहरू केरुङमा अड्किएका थिए।
नाकामा पुल सञ्चालनमा नआएका कारण उनीहरूलाई सिन्धुपाल्चोकस्थित तातोपानी नाकाबाट नेपाल फर्काउन लागिएको हो।
चीनमा रहेका व्यवसायी पुरुषोत्तम पौडेलका अनुसार भोलि फर्कनेमा सवारी चालक र व्यवसायी र त्यहाँ घुम्न पुगेका मान्छे रहेका छन्। उनका अनुसार बाढी गएपछि चीनले उद्धार गरेर केरुङ पुर्याएका नेपालीलाई चीनले तातोपानी नाकासम्म पुर्याउने छ।
साथै बाढीका कारण पाङसिङमा रहेका १३३ जना सवारी चालक, व्यवसायी र घुम्न पुगेका नेपालीलाई पनि चीनले तातोपानीसम्म पुर्याइदिने छ। बाढीका कारण अवरुद्ध भएको स्याफ्रु-रसुवागढी सडक खण्ड सञ्चालनमा आएको भए पनि मितेरी पुल सञ्चालन नआएका कारण अर्को नाकाबाट उनीहरूलाई नेपाल फर्काउन लागिएको हो।
ताजा अपडेट
-
कांग्रेसको आधिकारिकता विवाद फेरि सर्वोच्चमा
-
पाँच हजार अमेरिकी डलर बराबरको रकम भन्सार घोषणा नगरी ल्याउन पाइने
-
कांग्रेसको आधिकारिकता विवाद फेरि सर्वोच्चमा
-
अर्ग्यानिक उत्पादन प्रवर्द्धनका समस्या समाधान गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता
-
दीपक भट्टसित जोडिएका मृगेन्द्रनाथ रिमाल पक्राउ


प्रतिक्रिया