७८ स्थानीय तहका १२० विद्यार्थीलाई सिटिइभिटीको पूर्ण छात्रवृत्ति, मागियो आवेदन
काठमाडौं । देशका ७८ स्थानीय तहका विद्यार्थीलाई प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) ले प्रि–डिप्लोमा, डिप्लोमा र प्रमाणपत्र तहमा पूर्ण छात्रवृत्ति दिने भएको छ । छात्रवृत्तिका लागि परिषद्ले शुक्रबार योग्यता पुगेका विद्यार्थीबाट आवेदनसमेत माग गरेको छ ।
प्राविधिक शिक्षाको पहुँच नपुगेका ७८ स्थानीय तहका कुल १२० विद्यार्थीलाई सिटिइभिटीले आफ्ना विभिन्न कार्यक्रमहरूमा छात्रवृत्ति प्रदान गर्न लागेको हो ।
प्रमाणपत्र तह सामान्य चिकित्सा, मेडिकल ल्याब टेक्नोलोजी, डिप्लोमा इन होटल म्यानेजमेन्ट, एग्रिकल्चर, सिभिल इन्जिनियरिङ, अटोमोबाइल इन्जिनियरिङ, प्रि–डिप्लोमा इन अटोमोबाइल इन्जिनियरिङ र एग्रिकल्चरमा क्रमशः ४८, ८, १०/१० र ७/७ सिटमा प्राविधिक शिक्षाको पहुँच नपुगेका देशका ७८ वटा स्थानीय तहका विद्यार्थीलाई छात्रवृत्ति दिन लागिएको सिटिइभिटीले जनाएको छ ।
शुक्रबार एक सूचना जारी गर्दै परिषद्ले आगामी आइतबारदेखि साउन २९ गतेसम्म योग्यता पुगेका विद्यार्थीलाई आवेदन फाराम भर्न अनुरोध गरेको छ । आवेदन फाराम भर्न कुनै शुल्क नलाग्ने सिटिइभिटीको भनाइ छ ।
परीक्षामार्फत प्रमाणपत्र तह सामान्य चिकित्सा, मेडिकल ल्याब टेक्नोलोजी, सामान्य चिकित्सा विषयमा छात्रवृत्तिका लागि छनोट भएका विद्यार्थीलाई रत्नकुमार बान्तवा बहुप्राविधिक शिक्षालय, इलाम, निर्मल लामा बहुप्राविधिक शिक्षालय, महोत्तरी, दिवाकर स्मृति बहुप्राविधिक शिक्षालय, माडी, चितवन, शहीद कृष्णसेन इच्छुक बहुप्राविधिक शिक्षालय, दाङ, कर्णाली प्राविधिक शिक्षालय जुम्ला र सेती प्राविधिक शिक्षालय, दीपायल, डोटीमा अध्ययन गर्ने व्यवस्था मिलाइएको छ । अन्य कार्यक्रमहरूको हकमा भने शिक्षालय तोकी भर्नाका लागि सिफारिस गरिने परिषद्ले जनाएको छ ।
त्यसैगरी, परिषद्ले शुक्रबार नै दलित, मुस्लिम, विपन्न र सीमान्तकृत समुदायका ३६० छात्रछात्रालाई प्रि–डिप्लोमा, डिप्लोमा र प्रमाणपत्र तहमा छात्रवृत्ति दिन आवेदन माग गरेको छ ।
हेर्नुहोस् सूचना
ताजा अपडेट
-
भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन



प्रतिक्रिया