सिमा नाका र विमानस्थलमा सर्तकता अपनाउन स्वास्थ्य मन्त्रालयको अनुरोध

काठमाडाैं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालको सिमा नाका तथा अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको हेल्थ डेस्कमा उच्च सर्तकता अपनाउन अनुरोध गरेको छ । यसका साथै मन्त्रालयले उक्त स्थानमा एन्टिजेन परीक्षणलाई प्राथमिकता दिनसमेत सूचनामार्फत आग्रह गरेको छ ।
छिमेकी राष्ट्र भारतका विभिन्न राज्यहरुबाट कोभिड-१९ को संक्रमण बढ्दो क्रमममा रहेको कुरालाई मध्यनजर राख्दै मन्त्रालयले उक्त सर्तक अपनाउन आग्रह गरेको हो मन्त्रालायले भारत र चीनसँग जोडएका सीमा नाकामा हेल्थ डेस्क र विमानस्थलमा रहेका हेल्थ डेस्कमा कोभिड-१९ स्केनिङ तथा परीक्षणको क्रममा शंका देखिएमा परीक्षण गराउन आग्रह गरेको छ । साथै परीक्षणको क्रममा पोजिटिभ आएकाहरुको नमुना संकलन गरी प्रदेश जनस्वास्थ्यमा समन्वय गरी जेन सिक्वोन्सिङको लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाउन भनिएको छ ।
ताजा अपडेट
-
कामपामा सबैभन्दा बढी भवन खाली गराइ पाउँ भन्ने विवाद
-
७७ वर्षीय बालकृष्णको ड्रागन फ्रुट खेती, वार्षिक १० लाख आम्दानी
-
राहदानी नागरिकको विलासिताको वस्तु होइन, आधारभूत अधिकार हो : परराष्ट्रमन्त्री देउवा
-
समृद्ध समाज निर्माणमा बकर ईद पर्वले प्रेरणा दिइरहोस् : प्रधानमन्त्री
-
पोखरीमा डुबेर दुई बालकको मृत्यु
प्रतिक्रिया