कुकुरको मृत्युमा विह्वल छ गजुरेल परिवार, पुण्यतिथिमा छापियो समवेदना !
काठमाडौं । कुकुरका कैयन् असल गुणहरू छन् । कुकरले सुरक्षा, अनुसन्धानलगायत कार्यमा मानिसलाई सहयोगीका रूपमा सघाइरहेको हुन्छ ।
र पनि नेपाली समाजमा अझै पनि कुकुरलाई हेर्ने नजर राम्रो छैन । कुकुरलाई तुच्छ प्राणीको दर्जामा राखेर बनाइएका आहान तथा उपमा नै दर्जनौं छन् ।
नेपाली समाजले हियाउने त्यही कुकुरलाई एक परिवारले भने पारिवारिक सदस्यकै मान्यता दिएको छ ।
यति पढेपछि तपाईंलाई पक्कै पनि लागेको हुनसक्छ, यो कुनै सुशिक्षित मुलुकको समाचार होला । यदि यस्तो सोच्नुभएको छ भने तपाईं गलत हुनुहुन्छ, किनभने यो हाम्रै देश नेपालको समाचार हो ।
भावना गजुरेल र निश्चल गजुरेलको परिवारले केही वर्षअघि घरमा एउटा कुकुर पालेको थियो । त्यही पोथी कुकुरलाई गजुरेल परिवारले छोरीको मान्यता दिएको हो ।
उक्त कुकुरबाट प्रभावित गजुरेल परिवारले उसको नाम कोको गजुरेल राखेका छन् ।
गजुरेल परिवारको बुझाइमा आमा हुनका लागि रगतको नाता नै हुनुपर्दैन । मातृत्व भनेको कसैलाई निःस्वार्थ र सम्पूर्ण हृदयले माया गर्नु हो । त्यही कारण कुकुरलाई आफ्नो परिवारले छोरीको मान्यता दिएको उनीहरूले जनाएका छन् ।
यति प्रिय मानेर गजुरेल परिवारले पालेको कोको अहिले उनीहरूमाझ भने छैन । एक वर्षअघि ५ वर्ष ६ महिनाको उमेरमा ०८१ भदौ ९ गते उसको मृत्यु भइसकेको छ । तर गजुरेल परिवारले अहिलेसम्म उसलाई बिर्सन सकेको छैन ।
कोकोको मृत्युबाट विह्वल भएको गजुरेल परिवारले राष्ट्रिय दैनिक पत्रिकामा शुक्रबार समवेदना सन्देश छपाएर उसलाई स्मरण गरेका छन् । कोकोको वार्षिक पुण्यतिथिको छेको पारेर गजुरेल परिवारले कोकोप्रतिको अगाध माया दर्शाएका हुन् ।
समवेदना सन्देशमा लेखिएको छ– हाम्रो परिवारको असल, इमानदार, घरको रक्षक, परिवारको सदस्य प्यारो छोरी कोको गजुरेलको मिति ०८१ भाद्र ९ गते ५ वर्ष ६ महिनाको उमरमा असमायिक स्वर्गारोहण भएको वार्षिक पुण्य थितिमा दिवंगत आत्माको चीरशान्तिको कामना गर्दै भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दछौं ।’
‘मिस यु माई एन्जल’बाट सुरु समवेदनको अन्तिममा भावना गजुरेल र निश्चल गजुरेल परिवार उल्लेख छ ।
ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा



प्रतिक्रिया