पिशाचका कारण गाउँमा लकडाउन, बाटोमा कागतीकाे बार
काठमाडौं । आन्ध्र प्रदेशको श्रीकाकुलम जिल्लाको भेनेलावल्सा गाउँमा हालै ज्वरोका कारण केही गाउँलेको मृत्यु भएको छ । गाउँलेहरू मासु खाने पिशाचले गर्दा ती व्यक्तिको मृत्यु भएको भन्दै आतंकित भएका छन् । सोही पिशाचबाट मुक्ति पाउन गाउँमा वैशाख १७ देखि २५ गतेसम्म कडा लकडाउन गरिएको छ । यो लकडाउन कोरोना भाइरसको महामारीका समयमा लागेको भन्दा पनि धेरै कडा छ ।
लकडाउनले गर्दा गाउँमा बाहिरबाट कोही पस्न पाउँदैन र गाउँलेहरु पनि गाउँ छोड्न नपाउने नियम लागू गरिएको छ । यो गाउँ श्रीकाकुलम जिल्लाको सरुबुज्जिली मण्डल अन्तर्गत पर्दछ। यसको सीमा ओडिशासँग जोडिएको छ । यो लकडाउन गाउँलेका अनुसार दुष्ट आत्माविरुद्ध प्रभावकारी हुने विश्वास छ । गाउँका सरकारी कार्यालय पनि बन्द छन् ।
गाउँमा कोही पस्न नसकोस् भनेर कागतिका बाेट काटेर बार लगाइएको छ। कर्मचारी, स्वास्थ्यकर्मी र शिक्षकलाई गाउँमा प्रवेश गर्न नदिएपछि विद्यालय र स्वास्थ्य केन्द्र पनि बन्द गरिएको छ ।
गाउँमा घुमफिर गर्ने दुष्ट आत्माका कारण यस्तो भएको गाउँलेहरुको विश्वास छ । त्यहाँका ज्येष्ठ नागरिकहरूले कथित रूपमा ओडिशा र छिमेकी विजयनगरम जिल्लाका पुजारीहरूसँग सल्लाह गरेर लकडाउन गर्ने निर्णय गरेका थिए । पुजारीको सल्लाहबमोजिम गाउँको चारै दिशामा कागती रोपेर वैशाख १७ देखि २५ गतेसम्म लकडाउन लागू गरिएको छ ।
ताजा अपडेट
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा
-
नवरात्रको नवौँ दिन: शक्तिपीठमा भक्तजनको घुइँचो
-
मासु खाँदा हड्डी अड्किए के गर्ने, के नगर्ने ?
-
गेटामा एमबीबीएस सञ्चालनको अनुमति खारेज गर्न डा. केसीको माग, एक साताको अल्टिमेटम
-
सशस्त्र प्रहरीद्वारा दशैँको अवसरमा काठमाडौँ उपत्यकामा निःशुल्क बस सेवा सञ्चालन


प्रतिक्रिया