श्रीमतीसँगको विवादपछि रेशमले छाडे नाउपा पार्टी
काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संस्थापक रेशम चौधरी सो पार्टीबाट अलग भएका छन् । सामाजिक सञ्जाल फेसबुकमा एक भिडियो पोस्ट् गर्दै चौधरीले आफूले उक्त पार्टी परित्याग गरेको घोषणा गरेका छन् ।
‘नागरिक उन्मुक्ति पार्टी र यसका नेतालाई मैले धेरै सहयोग गरेँ । त्यसलाई अब सम्झनुस् या भुल्नुस्, तपाईंको कुरा हो । तर आजबाट म त्यो पार्टीबाट अलग भएको छु,’ पार्टी त्याग गरेको घोषणा गर्दै उनले भनेका छन् ।
पार्टी सञ्चालन, सरकारमा सहभागिता जस्ता विषयमा चौधरी र उनकी पत्नीसमेत रहेकी नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जना श्रेष्ठबीच लामो समयदेखि मतान्तर रहँदै आएको थियो । पछिल्लो पटक सुशीला कार्कीको नेतृत्वमा गठित अन्तरिम सरकारले प्रतिनिधिसभा विघटन गरेर निर्वाचन मिति घोषणा गरेपछि रञ्चना त्यसको विपक्षमा खडा भएकी छन् भने रेशम नयाँ जनादेशमा जानुपर्ने पक्षमा उभिएका छन् ।
नाउपा त्यागेका चौधरीले आफ्नो नयाँ दल नागरिक उन्मुक्ति पार्टी, नेपाल घोषणा गरेका छन् । पार्टी घोषणा गर्दै उनले नागरिक उन्मुक्ति पार्टीका नेता–कार्यकर्ताबाट साथ सहयोग पाउने अपेक्षा गरेका छन् ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया