केन्द्रको निर्देशनबाहिर गएर काम नगर्न चितवन कांग्रेसको निर्देशन
चितवन । नेपाली कांग्रेस चितवनले केन्द्रीय परिपत्रभन्दा बाहिर गएर काम नगर्न निर्देशन दिएको छ । जिल्ला सभापति राजेश्वर खनालले आज एक विज्ञप्ति जारी गर्दै केन्द्रीय परिपत्रभन्दा बाहिर गएर भेला, छलफल, गोष्ठी नगर्न र नगराउनका लागि पार्टीका सबै तह र तप्काका नेता तथा कार्यकर्तालाई निर्देशन दिएका हुन् ।
विज्ञप्तिमा भनिएको छ, ‘यस प्रक्रियालाई नकारात्मक प्रभाव पर्ने गरी केन्द्रीय परिपत्रभन्दा बाहिर गएर भेला, छलफल, गोष्ठी नगर्न र नगराउनका लागि पार्टीका सबै नेता तथा कार्यकर्तासँग विनम्रताका साथ आग्रह गर्दछु ।’
‘आसन्न स्थानीय निर्वाचनमा सबै पार्टी होमिएको अवस्था र कांग्रेसले गठबन्धनलाई आत्मसाथ गरी अगाडि बढ्ने कुरालाई ध्यानाकर्षण गर्दै केन्द्रीय परिपत्रअनुसार गठबन्धनलाई पूर्णपालना गरी अगाडि बढ्ने कुराको समेत जानकारी गराउन चाहन्छु,’ विज्ञप्तिमा भनिएको छ ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया