ऋषि धमलाले लिए पत्रकार आचारसंहिताको क्लास
काठमाडाैं । पत्रकार ऋषि धमलाले पत्रकार आचारसंहिताको कक्षा लिएका छन् । शुक्रबार प्रेस काउन्सिल पुगेर उनले आचारसंहिताको कक्षा लिएका हुन् ।
केही समय अघि जहाजभित्रबाट टेलिभिजनमा प्रत्यक्ष प्रशारण गरेर उनी विवादमा तानिएका थिए । धमलाले प्रधानमन्त्री चढेको जहाजभित्र कर्मचारीहरुसँग हुलहुज्जत गरेका थिए । यस विषयमा काउन्सिलले धमलालाई स्पष्टीकरण सोधेको थियो । धमलाले दिएको जवाफपछि काउन्सिलले उनलाई एकदिनको अभिमुखीकरण कक्षामा सहभागी गराउने तथा आइन्दा आचारसंहिताविपरीतका हर्कत नदोहोर्याउन सचेत गराउने निर्णय गरेको थियो ।
सोही अनुसार उनी आचारसंहिताको कक्षा लिनका लागि काउन्सिल पुगेका हुन् । काउन्सिलले सुरु गरेको नयाँ अभ्यासअनुसार आचारसंहिताको कक्षा लिने उनी पहिलो पत्रकार हुन् ।
काउन्सिल कक्षामा काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेत, पूर्वअध्यक्ष गोपाल बुढाथोकी, पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेल, पूर्वअध्यक्षहरु तारानाथ दाहाललगायतले पत्रकार आचारसंहिताबारे धमलालाई पढाएका थिए ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया