ऋषि धमलाले लिए पत्रकार आचारसंहिताको क्लास

काठमाडाैं । पत्रकार ऋषि धमलाले पत्रकार आचारसंहिताको कक्षा लिएका छन् । शुक्रबार प्रेस काउन्सिल पुगेर उनले आचारसंहिताको कक्षा लिएका हुन् ।
केही समय अघि जहाजभित्रबाट टेलिभिजनमा प्रत्यक्ष प्रशारण गरेर उनी विवादमा तानिएका थिए । धमलाले प्रधानमन्त्री चढेको जहाजभित्र कर्मचारीहरुसँग हुलहुज्जत गरेका थिए । यस विषयमा काउन्सिलले धमलालाई स्पष्टीकरण सोधेको थियो । धमलाले दिएको जवाफपछि काउन्सिलले उनलाई एकदिनको अभिमुखीकरण कक्षामा सहभागी गराउने तथा आइन्दा आचारसंहिताविपरीतका हर्कत नदोहोर्याउन सचेत गराउने निर्णय गरेको थियो ।
सोही अनुसार उनी आचारसंहिताको कक्षा लिनका लागि काउन्सिल पुगेका हुन् । काउन्सिलले सुरु गरेको नयाँ अभ्यासअनुसार आचारसंहिताको कक्षा लिने उनी पहिलो पत्रकार हुन् ।
काउन्सिल कक्षामा काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेत, पूर्वअध्यक्ष गोपाल बुढाथोकी, पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेल, पूर्वअध्यक्षहरु तारानाथ दाहाललगायतले पत्रकार आचारसंहिताबारे धमलालाई पढाएका थिए ।
ताजा अपडेट
-
रोनाल्डो फिफा क्लब विश्वकपमा सहभागी नहुने
-
गण्डकी प्रदेश सभामा नीति तथा कार्यक्रममाथि छलफल
-
अमेरिकासँगको करसम्बन्धी वार्तामा ‘प्रगति’, सम्झौता हुन बाँकी : जापान
-
आर्थिक अभावले उपचार नपाउने अवस्थाको अन्त्य हुनुपर्छ : प्रधानमन्त्री
-
अमेरिकी भन्सार शुल्कवृद्धि अन्तर्राष्ट्रिय मापदण्डविरुद्ध’
प्रतिक्रिया