दुलही लिन जन्त हिँडेका थिए, बाटोमै मृत्युको मुखमा परे
राजविराज । मोटरसाइकल चढेर दुलही लिन जन्ती हिँडेका व्यक्तिको सवारी दुर्घटनामा परी बीच बाटोमै ज्यान गएको छ ।
हुलाकी सडकखण्डअन्तर्गत सप्तरीको राजगढ गाउँपालिका–५, मलेकपुरमा शनिबार बिहान भएको मोटरसाइकल दुर्घटनामा जन्ती हिँडेकाको मृत्यु भएको हो ।
हनुमाननगर कङ्कालिनी नगरपालिका–३ बस्ने ३० वर्षीय पप्पु यादव, सोही ठाउँका २६ वर्षीय सन्दीप यादव र बुच्चु भनिने २५ वर्षका रञ्जीत यादवको मृत्यु भएको प्रहरी उपरीक्षक अविनारायण काफलले जानकारी दिए । सप्तरीको भारदहबाट पथरगाडातर्फ लागि जन्ती जाँदै गरेको प्रदेश १–०२४१ प २२९६ नम्बरको मोटरसाइकल र प्रदेश १ –०२०४१ प ९५२४ नम्बरको मोटरसाइकल एकापसमा ओभरटेक गर्ने क्रममा ठोकिएका थिए ।
ताजा अपडेट
-
नेपाल प्रहरीका चार एसएसपीको डिआइजीमा बढुवा सिफारिस, यही ब्याचबाट आइजिपी हुने
-
ट्रकको ठक्करबाट धादिङमा मोटरसाइकल चालकको मृत्यु
-
मन्त्रिहरुको सम्पत्ति सार्वजनिक गर्नेसहित यस्ता छन् मन्त्रिपरिषद्का १८ निर्णय
-
छोराको हत्या गर्ने महिला पक्राउ
-
फाष्ट ट्रयाक सडक आयोजनामा सुरुङमार्गको ‘ब्रेकथ्रु’
प्रतिक्रिया