१२ निर्माण कम्पनी सरकारको कालोसूचीमा
काठमाडौं । सरकारले १२ निर्माण तथा आपूर्ति कम्पनीलाई कालोसूचीमा राखेको छ ।
१२ निर्माण तथा आपूर्ति कम्पनीले सम्झौताअनुसारको काम नगरेपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयअन्तर्गतको सार्वजनिक खरिद अनुुगमन कार्यालयले कालोसूचीमा राखेको हो ।
कालोसूचीमा परेका निर्माण तथा आपूर्ति कम्पनीहरूमा लक्ष्मण कन्स्ट्रक्सन, प्राप्ति इन्टरप्राइजेज प्रालि, अनिवार्य बिल्डर्स प्रालि, जयसवाल कन्स्ट्रक्सन, तुलसी इन्जिनियरिङ कन्स्ट्रक्सन प्रालि र चक्रेश्वरी कन्स्ट्रक्सन प्रालि छन् ।
त्यस्तै, मिचिको एड कम्पनी प्रालि, अधिकारी निर्माण सेवा, विराट कन्स्ट्रक्सन कम्पनी प्रालि, लोहनी एण्ड ब्रदर्स प्रालि, आत्रेय निर्माण सेवा प्रालि र म्याक्स इन्फ्रालाई पनि सरकारी खरिद प्रक्रियामा सामेल हुन नपाउने गरी दुुईदेखि एक वर्ष कालोसूचीमा राखिएको छ ।
सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) अनुसार यी कम्पनीलाई एकदेखि २ वर्षसम्मका लागि कालोसूचीमा राखिएको कार्यालयले जनाएको छ ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए



प्रतिक्रिया