१५ वर्षअघि बितेका पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईलाई पनि सुरक्षाकर्मी !
काठमाडौं । सरकारले सन्न्यासी मात्रै होइन, मृतकका नाममा समेत सुरक्षाकर्मी खटाएर दुरुपयोग गरेको खुलेको छ ।
पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको मृत्यु भएको १५ वर्ष बितिसक्दा पनि उनकै नाममा सशस्त्रका एक सुरक्षाकर्मी खटाएको गृहको तथ्यांकमा उल्लेख छ ।
त्यस्तै, दिवंगत भइसकेका पूर्वगृहमन्त्री खुमबहादुर खड्काको सुरक्षाका नाममा पनि सशस्त्रका एक सुरक्षाकर्मी परिचालन गरिएका थिए । खड्काको ०७४ मै मृत्यु भएको थियो । दुवै मृतकको सुरक्षामा खटाइएका सुरक्षाकर्मीलाई वर्तमान सरकारले फिर्ता गरेको छ ।
गृहका सूचना अधिकारी आचार्यले भने, ‘खुमबहादुर खड्काको नाममा त थाहा भएन, तर कृष्णप्रसाद भट्टराईको नाममा भने सुरक्षाकर्मी परिचालन भएको रहेछ । ललितपुरको बाडेगाउँमा उहाँको आश्रम रहेछ । सोही आश्रममा ती सुरक्षाकर्मी खटिने गरेको सूचना प्राप्त भयो, अहिले फिर्ता गरिसकिएको छ ।’
राजनीतिक दलका कार्यकर्तालाई समेत सुरक्षाकर्मी उपलब्ध गराएर दुरुपयोग गरेको भेटिएपछि सरकारले फिर्ता गरेको छ । कपिलवस्तु निर्वाचन क्षेत्र २ (क) बाट ०७९ मा चुनाव उठेका बिक्रमसिंह थापा नेपाल प्रहरीका पूर्वएसएसपी हुन् । उनी पछिल्ला दिन कांग्रेसबाट राजनीति गर्दै आएका छन् । उनको सुरक्षाका नाममा नेपाल प्रहरीका एक सुरक्षाकर्मी परिचालन गरिएको थियो , नयाँ पत्रिका दैनिकमा खबर छ ।
ताजा अपडेट
-
नेपाल–भारत सीमामा व्यक्तिगत विप्रेषण सम्झौता
-
काठमाडौँ–दिल्ली परराष्ट्रमन्त्रीस्तरीय वार्ता: प्रविधि र अपराध नियन्त्रणमा सहकार्य गर्ने सहमति
-
तीन सातामा दुई हजार सात सय पर्यटक हुम्ला भित्रिए, होटल भरिभराउ, स्थानीय गाउँमै रोजगार
-
धादिङको रुबीभ्यालीमा कठिन भूगोल छिचोल्दै पदमार्ग निर्माण
-
आज विश्व खाद्य सुरक्षा दिवस मनाइँदै, दूषित खाद्यवस्तुका कारण बर्सेनि ६० करोड मानिस बिरामी


प्रतिक्रिया