NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ जेठ २१ गते

लोकसेवाको परीक्षामा मोबाइलबाट चिट चोरेपछि…

काठमाडौं । लोक सेवा आयोगको परीक्षामा चिट चोरेपछि एक परीक्षार्थी कारबाहीमा परेका छन् ।

परीक्षाको नियमविपरीत सप्तरीका प्रकाश यादवले चिट चोरेको भेटिएपछि लोक सेवा आयोगले उनीमाथि कारबाही गरेको हो ।

नागरिक उड्डयन प्राधिकरणको एअर ट्राफिक सर्भिसेस पदको गत असोज २२ गते सञ्चालित लिखित परीक्षामा मोबाइल फोन प्रयोग गरेर चिट चोरेको पाइएपछि यादवलाई कारबाही गरिएको आयोगले जनाएको छ ।

यादवले दिएको लिखित परीक्षा रद्द गर्दै आयोगले आफूले सञ्चालन गर्ने कुनै पनि लिखित परीक्षामा २ वर्ष सामेल हुन नपाउने गरी उनलाई निलम्बन समेत गरेको छ ।

लोक सेवा आयोग ऐन, २०७९ को दफा ४१ को उपदफा २ को खण्ड (क) मा लोक सेवाको परीक्षामा कुनै पनि परीक्षार्थीले चिट चोर्नेजस्ता अमर्यादित र अनुशासनहीन कार्य गरेमा त्यस्ता विद्यार्थीको परीक्षा रद्द गरेर त्यसपछिका परीक्षाहरूमा भाग लिन नपाउने गरी निलम्बन गर्न सकिने व्यवस्था छ ।

लोक सेवाले सञ्चालन गर्ने परीक्षामा के गर्न हुने, के नहुने भनेर परीक्षार्थीलाई उपलब्ध गराइने प्रवेशपत्रको पछाडि उल्लेख गरिएको हुन्छ । तथापि, त्यसको बेवास्ता गर्दै चिट चोर्ने, उत्तरपुस्तिका नबुुझाइ आफैं लिएर जाने जस्ता अमर्यादित गतिविधि परीक्षार्थीले गर्ने गरेका छन् । यस्ता गतिविधि गर्नेमाथि लोक सेवाले तत्काल कारबाही गर्ने भए पनि विभिन्न परीक्षाहरूमा यसको पुनरावृत्ति हुँदै आइरहेको छ ।

 

ताजा अपडेट

नेपालवाच विशेष