राप्तीमा डुबेर युवकको मृत्यु

देउखुरी । राप्ती नदीमा डुबेर आज एक भारतीय युवाको मृत्यु भएको छ । भारतको रामपुर मुना पाठक गाउँका २० वर्षीय सुदीपकुमार पाठकको आज बिहान लमही नगरपालिका–६ मध्यनगरमा राप्ती नदीमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको हो ।
पाठक भारतदेखि लमही–७ कमानपुरमा रहेको सम्राट सिमेन्ट उद्योगमा कच्चा पदार्थ लिएर आएका थिए ।
अत्यधिक गर्मीका कारण पौडी खेल्ने क्रममा पौडिन नजान्दा डुबेर मृत्यु भएको वडा प्रहरी कार्यालय लमहीका प्रमुख पुष्पराज थापाले जानकारी दिए । मृतकलाई लमही अस्पतालमा शव परीक्षण गरी भारत पठाइएको प्रहरी प्रमुख थापाले जानकारी दिए ।
ताजा अपडेट
-
रोनाल्डो फिफा क्लब विश्वकपमा सहभागी नहुने
-
गण्डकी प्रदेश सभामा नीति तथा कार्यक्रममाथि छलफल
-
अमेरिकासँगको करसम्बन्धी वार्तामा ‘प्रगति’, सम्झौता हुन बाँकी : जापान
-
आर्थिक अभावले उपचार नपाउने अवस्थाको अन्त्य हुनुपर्छ : प्रधानमन्त्री
-
अमेरिकी भन्सार शुल्कवृद्धि अन्तर्राष्ट्रिय मापदण्डविरुद्ध’
प्रतिक्रिया