राप्तीमा डुबेर युवकको मृत्यु
देउखुरी । राप्ती नदीमा डुबेर आज एक भारतीय युवाको मृत्यु भएको छ । भारतको रामपुर मुना पाठक गाउँका २० वर्षीय सुदीपकुमार पाठकको आज बिहान लमही नगरपालिका–६ मध्यनगरमा राप्ती नदीमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको हो ।
पाठक भारतदेखि लमही–७ कमानपुरमा रहेको सम्राट सिमेन्ट उद्योगमा कच्चा पदार्थ लिएर आएका थिए ।
अत्यधिक गर्मीका कारण पौडी खेल्ने क्रममा पौडिन नजान्दा डुबेर मृत्यु भएको वडा प्रहरी कार्यालय लमहीका प्रमुख पुष्पराज थापाले जानकारी दिए । मृतकलाई लमही अस्पतालमा शव परीक्षण गरी भारत पठाइएको प्रहरी प्रमुख थापाले जानकारी दिए ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया