NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ असार १७ गते

कौडीको भाउमा गौशाला धर्मशाला, भाडामा लिनेले ५० लाख कमाउँछ, ४२०० भाडा तिर्छ

नौ रोपनी नौ आनामा बनेको पशुपतिस्थित गौशाला धर्मशाला मासिक चार हजार दुई सय ५० रुपैयाँमा भाडामा लगाइएको पाइएको छ ।

पशुपति क्षेत्र विकास कोषले १८ वर्षदेखि उक्त धर्मशाला कौडीको भाउमा मारवाडी सेवा समितिलाई भाडामा दिएको हो ।

कोष स्वामित्वको जग्गामा बनेका संरचनाबाट मारवाडी सेवा समितिले महिनामै करिब ५० लाख आम्दानी गरिरहेको नयाँ पत्रिका दैनिकले खबर लेखेको छ ।

पशुपति क्षेत्र विकास कोषले अमलकोट कचहरी गुठीअन्तर्गत रहेको जग्गा र धर्मशाला १२ जेठ ०६० मा मारवाडी सेवा समितिलाई सञ्चालन गर्न दिने सम्झौता गरेको थियो । तथापि, यो सम्झौता पशुपति क्षेत्र विकास कोष ऐनविपरीत रहेको बताइएको छ ।

 

ताजा अपडेट

नेपालवाच विशेष