नेपालमा डिजिटल बैंकिङको फड्को : ध्यान दिनुपर्ने कुरा के ?
काठमाडौं । तपाईंले अन्तिम पटक पर्स बोकेर घरबाट निस्किएको कहिले सम्झनुहुन्छ ?
केही वर्षअघिसम्म सामान किन्न होस्, बस चढ्न होस् वा बिल तिर्न—हाम्रो हातमा पर्स अनिवार्य हुन्थ्यो । तर आज, त्यही पर्सको ठाउँ मोबाइलले लिएको छ ।
आज हामी यस्तो समयमा छौं, जहाँ मोबाइलको एउटै क्लिकले किनमेल हुन्छ, बिजुलीको बिल तिरिन्छ, विद्यालयको शुल्क बुझाइन्छ, खानेपानीको पैसा समेत घरमै बसेर चुक्ता हुन्छ ।
पहिले पसलमा खुद्रा पैसा नभएर चकलेट दिनुपथ्र्यो, हिसाब नमिल्ने चिन्ता हुन्थ्यो भने अर्कोतिर पैसा हराउने डर । आज डिजिटल कारोबारले यी सबै चिन्तालाई इतिहास बनाइरहेको छ । २६ वर्षदेखि मेडिकल व्यवसाय गर्दै आएका प्रेमकुमार श्रेष्ठले क्यूआर प्रयोग गर्न थालेको सात वर्ष भयो । कहिलेकाही यसमा समस्या आएता पनि यसले नगद लेनदेनमा सहजता ल्याएको र समयको बचत पनि भएको उनको अनुुभव छ ।
अर्का व्यवसायी सागरको अनुभव पनि उस्तै छ । अहिले सबैको रोजाइमा क्युुआर परेको हुुनाले पैसा हराउने, चोरी हुने डर नहुुने उनको भनाइ छ ।
यो परिवर्तन केवल व्यवसायीमामात्रै सीमित छैन । सर्वसाधारणको जीवन पनि डिजिटल भुक्तानीले नयाँ गतिमा अघि बढाएको छ । डिजिटल भुक्तानीले हामीलाई केवल सजिलो जीवन दिएको छैन, समयको मूल्य बुझ्न सिकाएको छ, पारदर्शिताको संस्कृति बसाल्दैछ, डिजिटल भविष्यतर्फ डोर्याउँदैछ ।
कुरा पैसाको नयाँ अंकमा नेपालमा डिजिटल बैंकिङले मारेको फड्को, यसको प्रयोगमा सचेत हुनुपर्ने विषयमा केन्द्रित रहेर नेपाल बैंक लिमिटेडकी कार्ड तथा डिजिटल बैंकिङ डिभिजन प्रमुख बन्दना शर्मासँग छलफल गरिएको छ ।
कुराकानीको पूरा भिडियो हेर्न तलको लिंकमा जानुहोस् :
ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने


प्रतिक्रिया