बस र कार ठोक्किंदा ५ जनाको मृत्यु
काठमाडौं । धादिङमा यात्रुवाहक बस र कार ठोक्किंदा ५ जनाको मृत्यु भएको छ । पृथ्वी राजमार्गको जुँगेखोलामा आपसमा ठोक्किंदा कारमा सवार पाँचै जनाको मृत्यु भएको हो ।
काठमाडौंबाट धादिङ जाँदै गरेको बस र काठमाडौं आउँदै गरेको कार ठोक्किएका हुन् । दुर्घटनामा परी चार भारतीय पर्यटक र एक नेपालीको मृत्यु भएको हो ।
बा ५ ख ८४४३ नम्बरको बसले वाग्मती प्रदेश ०१–०२६–च २९६८ नम्बरको कारलाई ठक्कर दिंदा भारतको उत्तरप्रदेश राज्यका ३५ वर्षीय साधना अग्रवाल, ४० वर्षीय बिमलचन्द्र अग्रवाल, ५५ वर्षीय राकेश अग्रवाल र ४० वर्षीया सन्ध्या अग्रवाल र चालक तनहुँका दिलबहादुर बस्नेतको मृत्यु भएको हो ।
टिचिङ अस्पताल र ट्रमा सेन्टरमा उपचारको क्रममा उनीहरूको मृत्यु भएको प्रहरीले जनाएको छ ।
ताजा अपडेट
-
नेपाल प्रहरीका चार एसएसपीको डिआइजीमा बढुवा सिफारिस, यही ब्याचबाट आइजिपी हुने
-
ट्रकको ठक्करबाट धादिङमा मोटरसाइकल चालकको मृत्यु
-
मन्त्रिहरुको सम्पत्ति सार्वजनिक गर्नेसहित यस्ता छन् मन्त्रिपरिषद्का १८ निर्णय
-
छोराको हत्या गर्ने महिला पक्राउ
-
फाष्ट ट्रयाक सडक आयोजनामा सुरुङमार्गको ‘ब्रेकथ्रु’
प्रतिक्रिया