NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ जेठ २१ गते

मतदानको दिन आन्तरिक तथा अन्तर्राष्ट्रिय हवाई सेवा सञ्चालनमा अवरोध नहुने

काठमाडौँ । आगामी फागुन २१ गते निर्धारित प्रतिनिधि सभा निर्वाचनका दिन देशभित्र र अन्तर्राष्ट्रिय दुवै प्रकारका हवाई सेवा नियमित रूपमा सञ्चालन गर्न दिने निर्णय गरिएको छ।

निर्वाचन आयोगले निर्वाचन सुरक्षा तथा मतदान व्यवस्थापनसँग सम्बन्धित सहजीकरणको विषयमा विभिन्न निर्णय गर्दै यससम्बन्धी व्यवस्था मिलाउन गृह मन्त्रालय लाई पत्राचार गरेको जनाएको छ। आयोगको निर्णयअनुसार मतदानको दिन पनि आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान पूर्ववत सञ्चालन हुनेछन्।

यससँगै उडान टिकट भएका यात्रुलाई विमानस्थल र उनीहरूको बसोबास स्थल (घर वा होटेल) बीच आवतजावत गर्न निजी सवारी वा सम्बन्धित वायुसेवा कम्पनीले उपलब्ध गराएको सवारी प्रयोग गर्न दिने व्यवस्था मिलाउन समेत मन्त्रालयलाई अनुरोध गरिएको छ।

यसअघि भएका निर्वाचनहरूमा आन्तरिक हवाई सेवा अवरुद्ध गर्ने अभ्यास रहेको थियो। सोही पृष्ठभूमिमा नेपाल पर्यटन बोर्ड ले यात्रु व्यवस्थापनसम्बन्धी सूचना सार्वजनिक गर्दै आएको थियो। नयाँ निर्णयसँगै सेवा निरन्तरता कायम राख्ने उद्देश्यले व्यवस्थापन सहजीकरण गरिने आयोगले जनाएको छ।

ताजा अपडेट

नेपालवाच विशेष