सोलुखुम्बुमा नेपाली कांग्रेसका प्रकाशसिंह कार्की विजयी
सोलुखुम्बु -सोलुखुम्बुमा नेपाली कांग्रेसका प्रकाशसिंह कार्की विजयी भएका छन्।
उनी ३७५२ मतान्तरले विजयी भएका छन्।
उनले १३१६६ मत प्राप्त गरेका छन्। उनका निकट प्रतिस्पर्धी नेपाली कम्युनिस्ट पार्टीका अशिम राईले ९४१४ मत प्राप्त गरेका छन्।
त्यस्तै नेकपा एमालेका कल्पना राईले ८२२८ ले मत प्राप्त गरेका छन्।
यसअघिका निर्वाचनमा गठनबन्धन गर्दा पनि नेपाली कांग्रेसका उम्मेदवार पराजित भएका थिए। २०४८ यता लगातार बलबहादुर केसीलाई उम्मेदवार बनाउदै आएको थियो। यस निर्वाचनमा पहिलोपटक उम्मेदवार परिवर्तन गरेको हो।
ताजा अपडेट
-
हस्तकला विकास बोर्ड गठनमा सरकार सकारात्मक छ: प्रधानमन्त्री
-
व्यवसायी शंकर अग्रवाल पक्राउ
-
यस्ता छन् मन्त्रिपरिषद बैठकका सात निर्णय
-
२०३३ सालको तुलनामा अहिले नेपालको राष्ट्रियता झनै ठूलो संकटमा छः पूर्णबहादुर खड्का
-
प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता


प्रतिक्रिया