धनुषा-१ को निर्वाचन परिणाम घोषणा नगर्न आयोगको पत्र
काठमाडौँ । निर्वाचन आयोगले धनुषा-१ को निर्वाचन परिणाम घोषणा नगर्ने निर्णय गरेको छ। आयोगले आजै धनुषा क्षेत्र नं. १ निर्वाचन अधिकृतको कार्यालयलाई पत्राचार गरेर अदालतबाट आदेश नआएसम्म निर्वाचन परिणाम घोषणा नगर्ने निर्णय गरेको हो।
आयोगले यही फागुन १८ गते धनुषा जिल्ला क्षेत्र नं. १ का राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार किशोरी साह ‘कमल’ को उम्मेदवारी कर्जा सूचना केन्द्रको कालोसूचीमा नाम रहेको प्रमाण प्राप्त भएको भन्दै खारेज गर्ने निर्णय गरेको थियो।
सो निर्णयका सम्बन्धमा सर्वोच्च अदालतमा मुद्दा परी विचाराधीन रहेकाले सो सम्बन्धमा अदालतबाट आदेश नभएसम्म धनुषा जिल्ला निर्वाचन क्षेत्र नं. १ को पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फको मत परिणाम घोषणा नगर्नु नगराउन आयोगको आजको निर्णयअनुसार अनुरोध गरिएको उनले हस्ताक्षर गरेको पत्रमा उल्लेख छ।
सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा पत्र तामेल गराई सोको जानकारी आयोगसमक्ष दिन प्रदेश निर्वाचन कार्यालयलाई बोधार्थको पत्र पठाइएको स्रोतले जनाएको छ ।
ताजा अपडेट
-
हस्तकला विकास बोर्ड गठनमा सरकार सकारात्मक छ: प्रधानमन्त्री
-
व्यवसायी शंकर अग्रवाल पक्राउ
-
यस्ता छन् मन्त्रिपरिषद बैठकका सात निर्णय
-
२०३३ सालको तुलनामा अहिले नेपालको राष्ट्रियता झनै ठूलो संकटमा छः पूर्णबहादुर खड्का
-
प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता


प्रतिक्रिया