इंग्ल्याण्ड फुटबल टोलीका कप्तानले भने, ‘कोहलीलाई भेट्न पाउँदा भाग्यमानी महशुस गरेको छु’

काठमाडौं । फुटबललाई खेलको राजा भनिन्छ । त्यसमा पनि इंग्ल्याण्डलाई फुटबलको जननी मानिन्छ । इंग्लिस फुटबललाई विश्वकै प्रतिस्पर्धी र उत्कृष्ट मानिन्छ । अर्कोतिर क्रिकेट फुटबलको दाँजोमा विश्वव्यापी भइसकेको खेल होइन ।
तर, इंग्ल्याण्ड राष्ट्रिय टोलीका कप्तान ह्यारी केनले भने क्रिकेट लिग र त्यसका खेलाडीको प्रशंसा गरेका छन् ।
टोटनहम हटस्परका स्ट्राइकर केनले भारतमा जारी इण्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेट हेर्ने गरेको खुलासा गरेका छन् । उनले भारतका पूर्वकप्तान विराट कोहली आफूलाई मनपर्ने खेलाडी रहेको बताउँदै उनीबारे आफ्नो धारणा राखेका छन् ।
स्टार स्पोर्टससँग कुरा गर्दै उनले कोहलीलाई पटक–पटक भेटेको खुलासा गर्दै उनलाई भेट्नु पाउँदा आफूलाई भाग्ममानी महशुस गरेको बताएका छन् ।
सो क्रममा केनले कोहलीको कप्तानीमा रहेको रोयल च्यालेन्जर्स बैंलोर आफ्नो मनपर्ने टोली भएको खुलासा गरेका छन् ।
फुटबलर केनले गत सिजनमा आरसिबी अभागी भए पनि यस वर्ष उसले राम्रो गर्ने सम्भावना रहेको बताएका छन् ।
‘आइपिएलमा मलाई मनपर्ने टोली आरसिबी हो । विराट कोहलीलाई धेरै पटक भेट्न पाउँदा मैले आफूलाई भाग्यमानी महशुस गरेको छु’, उनले भनेका छन्, ‘यसपटक आरसिबीले केही राम्रा खेलाडीहरू खरिद गरेको छ । आइपिएलमा केही उत्कृष्ट टोली छन्, इमानदारीपूर्वक भन्नुपर्दा मलाई ती सबै हेर्न मनपर्छ ।’
आइपिएलको शीर्ष २ मा दुवै नवप्रवेशी टोली, सर्वाधिक विजेताहरू नवौं र १० औँमा
ताजा अपडेट
-
भारतबाट फर्केका सुदूरपश्चिमका पाँच जनामा कोरोना सङ्क्रमण
-
मुलुकको अर्थतन्त्र विस्तारै लयमा फर्कँदै छ : महासचिव पोखरेल
-
मुन्दुम अन्तर्राष्ट्रिय कला सङ्ग्रहालय भवन निर्माणका लागि तीन करोड बजेट
-
नारायणगढ–बुटवल सडक खण्ड अवरुद्ध
-
मधेश प्रदेशद्वारा ‘बच्चाके स्कुल पठाऊ, साक्षरताके दीप जलाऊ’ कार्यक्रम घोषणा
प्रतिक्रिया