चौरजहारी घुसकाण्ड: घुस दिने कर्मचारी र नगर प्रमुखविरुद्ध भ्रष्टाचार मुद्दा दायर
काठमाडौँ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चौरजहारी नगरपालिकाका नगर प्रमुख पुष्प वादी र एक कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। मुद्दा विशेष अदालत, काठमाडौँमा दर्ता गरिएको हो।
आयोगका अनुसार नगरपालिकामा करार सेवामा कार्यरत असिस्टेन्ट सब-इन्जिनियर मोहन शाहले आफ्नो सेवा अवधि नवीकरण गराउन नगर प्रमुख वादीलाई एक लाख रुपैयाँ घुस दिएको आरोप छ। आर्थिक वर्ष २०८१/८२ मा करार अवधि थप गराउन उक्त रकम दिइएको र आगामी वर्षका लागि समेत थप रकम माग गरिएको उजुरीमा उल्लेख छ।
घुस रकम उपलब्ध नगराउँदा करार अवधि नथपिएको दाबी गर्दै शाहले आयोगमा उजुरी दिएका थिए। सोही उजुरीका आधारमा अनुसन्धान अघि बढाइएको थियो।
अनुसन्धानबाट करार अवधि निरन्तर गराउन नगर प्रमुखलाई रकम प्रदान गरिएको र त्यसपछि करार नवीकरण भएको पुष्टि भएको आयोगको दाबी छ। उक्त कार्यलाई भ्रष्टाचार निवारण ऐनअन्तर्गतको कसुर ठहर गर्दै दुवै जनाविरुद्ध अभियोग दायर गरिएको आयोगले जनाएको छ। मुद्दाको थप सुनुवाइ अब विशेष अदालतमा हुने छ।
ताजा अपडेट
-
प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता
-
ग्राहकका लागि निःशुल्क ‘एयरब्याग सेफ्टी रिकल’ सेवा सञ्चालन गर्दै होण्डा
-
सुनको मूल्य ५ हजार ४०० रुपैयाँले बढ्यो
-
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक
-
प्रधानमन्त्री शाहले हस्तकला महासंघका प्रतिनिधिसँग छलफल गर्ने


प्रतिक्रिया