श्रम मन्त्रालयले ७ देशमा मात्रै पुनः श्रम स्वीकृति दिने
काठमाडौं – श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले विदेशमा कार्यरत नेपाली श्रमिकका लागि पुनः श्रम स्वीकृतिसम्बन्धी व्यवस्था सीमित दायरामा लागू गर्ने निर्णय गरेको छ। मन्त्रालयका अनुसार हाल सात मुलुकमा कार्यरत श्रमिकहरूलाई मात्र श्रम स्वीकृति नवीकरणको सुविधा उपलब्ध गराइनेछ।
नयाँ व्यवस्था अनुसार साउदी अरब, संयुक्त अरब इमिरेट्स, कतार, ओमान, यमन, जोर्डन र टर्कीमा रोजगारीमा रहेका नेपालीहरूले आफ्नो श्रम स्वीकृति नवीकरण गर्न पाउनेछन्।
यस निर्णयसँगै बिदामा स्वदेश आएका श्रमिकहरूलाई पुनः सम्बन्धित रोजगार गन्तव्यमा फर्किन सहजता हुने अपेक्षा गरिएको मन्त्रालयले जनाएको छ।
त्यस्तै, मन्त्रालयले केही अन्य गन्तव्य मुलुकहरूमा कार्यरत नेपालीका हकमा भने हाललाई श्रम स्वीकृति नवीकरण नगर्ने नीति अवलम्बन गरेको छ। यसअन्तर्गत इरान, इजरायल, बहराइन, कुवेत, इराक र लेबनानमा रहेका श्रमिकहरूलाई पुनः स्वीकृति नदिने व्यवस्था लागू गरिएको छ।
मन्त्रालयका अनुसार श्रमिक सुरक्षा अवस्था, गन्तव्य मुलुकको राजनीतिक तथा सामाजिक परिस्थिति, तथा अन्य नीतिगत पक्षलाई ध्यानमा राख्दै यो निर्णय गरिएको हो।
ताजा अपडेट
-
प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता
-
ग्राहकका लागि निःशुल्क ‘एयरब्याग सेफ्टी रिकल’ सेवा सञ्चालन गर्दै होण्डा
-
सुनको मूल्य ५ हजार ४०० रुपैयाँले बढ्यो
-
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक
-
प्रधानमन्त्री शाहले हस्तकला महासंघका प्रतिनिधिसँग छलफल गर्ने


प्रतिक्रिया