जग्गा विवादमा आमाको हत्या
कञ्चनपुर । दोधारा–चाँदनी नगरपालिका–४ माननीय चोक निवासी हरिप्रसाद श्रेष्ठले ७५ वर्षीया आमा बिन्द्रा श्रेष्ठको हत्या गरेका छन् । उनले धारिलो हतियार प्रहार गरेर बहिनीलाई घाइते बनाएका छन् ।
कञ्चनपुर जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी हेमबहादुर शाहीका अनुसार गए राति भएको उक्त घटनामा अभियुक्तकी आमाको घटनास्थलमै मृत्यु भएको हो ।
दाजुको आक्रमणमा घाइते भएकी भगवती माझीको महाकाली प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।
फरार अभियुक्तको खोजी जारी छ । जग्गासम्बन्धी विवाद घटनाको प्रमुख कारण भएको सूचना अधिकारी शाहीले जानकारी दिए।
ताजा अपडेट
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन
-
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल


प्रतिक्रिया