NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ जेठ २१ गते

प्रधानमन्त्री कार्की घोडे जात्रा समारोहमा सरिक

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्की आज काठमाडौँको सैनिक मञ्च टुँडिखेलमा नेपाली सेनाद्वारा आयोजित घोडे जात्रा समारोहमा सरिक भएकी छन् ।

काठमाडौँ उपत्यकामा मनाइने यस प्रसिद्ध जात्राका अवसरमा नेपाली सेनाको क्याभलरीले घोडा दौड तथा अश्वकलाहरु प्रदर्शन गर्नुका साथै भैरव वाहन गुल्मका कुकुरहरूका पनि विभिन्न प्रस्तुति रहेका थिए ।

समारोहमा जीवित देवी कुमारी, राष्ट्रपति, उपराष्ट्रपति लगायत विभिन्न उच्च पदस्थ अधिकारी, कूटनीतिज्ञहरूले पनि समारोह अवलोकन गरेका थिए ।