विश्वकै सबैभन्दा जेष्ठ नागरिकको ११९ वर्षको उमेरमा निधन
टोकियो । विश्वकै सबैभन्दा जेष्ठ नागरिकको ११९ वर्षको उमेरमा निधन भएको छ । जापानका सरकारी अधिकारीहरुले सोमबार दिएको जानकारीअनुसार सन् १९०३ मा जन्मिएकी काने ताकानाको मृत्यु भएको हो । उनकाे अप्रिल १९ मा मृत्यु भए पनि साेमबार जापानी अधिकारीले सार्वजनिक गरेका हुन् । उनी ११९ वर्ष १०८ दिन पुगेकी थिइन् ।
उनी जन्मेको वर्ष राइट दाजुभाइले पहिलोपटक उडान परीक्षण गरेका थिए भने पहिलो महिला नोबेल पुरस्कार विजेताका रुपमा म्यारी क्युरीले पुरस्कार प्राप्त गरेकी थिइन् ।
जापानको दक्षिण पश्चिमी फुकौका क्षेत्रमा उनी बस्दै आएकी थिइन् । उनको स्वास्थ्यमा खासै ठूलो समस्या नदेखिएको चिकित्सकहरुले बताउँदै आएका थिए । उनलाई नर्सिङ होममा राखेर स्वास्थ्य सेवा दिइँदै आइएको थियो ।
नसिङ होममा रहँदा उनी बोर्ड गेम्समा रमाउँथिन् भने हिसाबका प्रश्नोत्तर लेख्दै बस्थिन् । त्यसैगरी सोडा र चकलेट पनि खान्थिन् । उनले वयस्क अवस्थामा रहेका बेला चाउचाउ पसल, केक स्टोर्सलगायतका धेरै व्यापार व्यवसायहरु चलाएकी थिइन् ।
ठिक एक शताब्दी अगाडि सन् १९२२ मा १९ वर्षको उमेरमा हिडेओ तानाकासँग विवाह गरेकी उनको चार सन्तान थिए ।
विश्वकै सबैभन्दा जेष्ठ नागरिकको रुपमा उनको नाम सन् २०१९ मा गिनिज बुकमा लेखिएको थियो । त्यति बेला उनले यो नै आफ्नो जीवनको सबैभन्दा बढी खुशीको क्षण भएको बताएकी थिइन् ।
ताकानाकाे मृत्युपछि सबैभन्दा ज्येष्ठ व्यक्ति फ्रान्सेली लुसिल रान्डन हुन्, उनलाई सिस्टर एन्ड्रे भनेर चिनिन्छ । उनी अहिले ११८ वर्ष ७४ दिनकी भएकी छन् ।
अब जापानमा सबैभन्दा ज्येष्ठ नागरिक फुसा तात्सुमी हुन् । उनी सोमबार ११५ वर्षकी भइन् । उनी विश्व रेकर्डमा सबैभन्दा वृद्ध व्यक्तिमध्ये पाँचौं हुन् ।
ताजा अपडेट
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा
-
नवरात्रको नवौँ दिन: शक्तिपीठमा भक्तजनको घुइँचो
-
मासु खाँदा हड्डी अड्किए के गर्ने, के नगर्ने ?
-
गेटामा एमबीबीएस सञ्चालनको अनुमति खारेज गर्न डा. केसीको माग, एक साताको अल्टिमेटम


प्रतिक्रिया