अन्तर्राष्ट्रिय जातीय विभेद उन्मूलन दिवस : छुवाछूत ऐन छ, कार्यान्वयन छैन
काठमाडौँ। आज ६१औँ अन्तर्राष्ट्रिय जातिय विभेद उन्मूलन दिवस ‘समान हक र समान अधिकारका लागि एकीकृत दलित आन्दोलन, समाजवादको आधार निर्माणको लागि संविधान संशोधन’ देशका विभिन्न भागमा विविध कार्यक्रम गरी मनाइँदै छ।
आज साँझ माइतीघरमण्डलमा दीप प्रज्ज्वलनको कार्यक्रम छ। त्यसैगरी आज बिहान यहाँ र्याली आयोजना गरिएको थियो।
राष्ट्रिय दलित आयोग र दलित संघ–संस्थाले आज ‘दलित समुदायको न्यायमा पहुँचका लागि राज्य संरचनाको प्रभावकारी पहिचान’ शीर्षकमा छलफल पनि कार्यक्रमको आयोजना गरेको छ।
नेपालमा दलित समुदायमाथि हुने जातीय भेदभाव तथा छुवाछूत अझै कायम रहेको गुनासो दलित समुदायका अगुवाहरूले गरेका छन्।
यसैबीच, प्रतिनिधिसभा सदस्य निर्वाचित गणेश विकले इनिषा विक प्रकरणलगायत देशका विभिन्न स्थानमा भएका घटनाको छानविन गरी दोषीमाथि कारबाहीका लागि माग गर्दै यस्ता घटना हुन नदिने अवस्था सिर्जना गर्न निरन्तर संघर्षमा लामबद्ध हुन सम्बद्ध सबैलाई आह्वान गरेका छन्।
ताजा अपडेट
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन
-
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल


प्रतिक्रिया