होर्मुज पूर्ण रूपमा बन्द गरिने इरानको चेतावनी
एजेन्सी । इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (आइआरजिसी) ले अमेरिकाले इरानको पावर प्लान्टहरूमा आक्रमण गरे होर्मुज पूर्ण रूपमा बन्द गरिने चेतावनी दिएको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले होर्मुज नखोले सबै पावर प्लान्टहरू ध्वस्त पार्न ४८ घण्टाको समय दिएपछि इरानले यस्तो चेतावनी दिएको हो ।
‘यदि इरानको पावर प्लान्टहरूमा आक्रमण भयो भने हाम्रा ध्वस्त पावर प्लान्टहरू पुनर्निर्माण नभएसम्म होर्मुजको जलडमरूम खोलिने छैन।’ आइआरजिसीले भनेको छ । अमेरिका र इजरायली आक्रमणपछि इरानले होर्मुज स्ट्रेट लगभग बन्द गरिसकेको छ जसले गर्दा अन्तर्राष्ट्रिय ऊर्जा बजारमा तेलको मूल्यमा उल्लेखनीय बढीरहेको छ ।
ताजा अपडेट
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन
-
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल


प्रतिक्रिया