अर्थविद् केशव आचार्यको निधन
काठमाडौं– अर्थविद् केशव आचार्यको निधन भएको छ । उनको उपचारका क्रममा आज बिहान अन्नपूर्ण न्युरो अस्पतालमा निधन भएको आचार्यका छोरा शिखरले जानकारी दिए ।
आचार्यको शव अहिले चाबहिलस्थित ओम नर्सिङ होममा राखिएको र मंगलबार दाहसंस्कार गरिने शिखरले बताए।
आचार्यको छोरी अचला अमेरिकाबाट मंग्लबार बिहान काठमाडौँ आइपुग्ने र त्यसपछि पशुपति आर्यघाटमा दाहसंस्कार गरिने पारिवारिक स्रोतले जानकारी दिएको छ ।
नेपाल राष्ट्र बैंकमा करिब तीन दशकभन्दा बढी सेवा गरेर कार्यकारी निर्देशकबाट अवकाश प्राप्त गरेका आचार्यले अर्थ मन्त्रालयको वरिष्ठ आर्थिक सल्लाहकारको भूमिकासमेत निभाएका थिए । उनी मौद्रिक तथा वित्त नीतिका ज्ञाता मानिन्थे
ताजा अपडेट
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन
-
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल


प्रतिक्रिया