कपिलवस्तुमा लगाइएको निषेधाज्ञा हटाइयो
कपिलवस्तु – जिल्लाको महाराजगञ्ज नगरपालिका-२ अन्तर्गत वर्गदामा भएको घटनापछि जारी गरिएको निषेधाज्ञा आदेश हटाइएको छ ।
जिल्ला प्रशासन कार्यालय तौलिहवाले सूचना जारी गर्दै शान्ति सुरक्षाको अवस्था सामान्य बन्दै गएको तथा नागरिकको दैनिकी सहज बनाउन आवश्यक देखिएकाले निषेधाज्ञा हटाइएको जनाएको हो ।
जिल्ला सुरक्षा समितिको मिति २०८२ चैत्र १० गतेको निर्णयअनुसार सोही दिन बिहान ९ बजेदेखि लागू हुने गरी निषेधाज्ञा आदेश हटाइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
यसअघि मिति २०८२ चैत्र ७ गते दिउँसो २ बजे र चैत्र ८ गते दिउँसो १ बजेबाट जिल्लाका विभिन्न क्षेत्र तोकेर निषेधाज्ञा जारी गरिएको थियो ।
ताजा अपडेट
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन
-
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल


प्रतिक्रिया