‘महानगरले समयमै दमकल पठाएको थियो’
काठमाडौं । काठमाडौं महानगरपालिकाका तत्कालीन मेयर बालेन शाहले भदौ २४ गते काठमाडौं महानगरपालिकाले समयमै दमकल पठाएको र महानगरभित्रका संरचना महानगरकै दमकलले नियन्त्रण गरेको गौरीबहादुर कार्की जाँचबुझ आयोगलाई बयान दिएका छन् । आयोग २३ र २४ गतेको घटनालाई लिएर सरकारलाई बुझाएको प्रतिवेदनमा आयोगले शाहलाई लिएको बयान तल जस्ताको त्यस्तै प्रस्तुत गरिएको छ :
२०८२ साल भदौ २३ र २४ गते म सरकारी निवास लैनचौरमा थिएँ। २३ गतेको शान्तिपूर्ण र्यालीमा मेरो समर्थन थियो तर आन्दोलनमा थिएन।
व्यवसायी र रेस्टुरेन्टहरूले आग्रह गरेपछि महानगर प्रहरी बलले पानी वितरण गरेको हो। २३ गते स्थिति तनावपूर्ण हुँदै गएको बेलुका सञ्चार माध्यमबाट थाहा पाएँ। मेरो सामाजिक सञ्जालको अभिव्यक्तिले अनियन्त्रित आन्दोलनलाई शान्त पार्न मद्दत गर्यो।
जनधनको रक्षाका लागी सामाजिक सञ्जालमार्फत संयम अपनाउन अपिल गरेको थिएँ। घटनापश्चात महानगर प्रहरी बल लगायत अन्य विभागहरूसँग समन्वय गरी घाइते र मृतकहरूको परिवारलाई तत्काल आवश्यक सहयोग प्रदान गरिएको हो।
भदौ २४ गतेको घटना दुस्खद थियो। २३ गते सरकारको अत्यधिक बल प्रयोग र आतंकवादी शैलीको नतिजा हुनसक्छ। २४ गते काठमाडौं महानगरपालिकाले समयमै दमकल पठाएको थियो र महानगरभित्रका संरचना महानगरकै दमकलले नियन्त्रण गरेको हो।
सम्माननीय राष्ट्रपति र सेनापतिको आग्रहमा मेरो आन्दोलनलाई शान्त पार्ने भूमिका रहेको थियो। तत्कालीन सरकारले अपराध र आतंकवादी क्रियाकलाप गरेको हो र सम्पूर्ण क्षतिको जिम्मा तत्कालीन सरकार र सहभागी दलले लिनुपर्छ।
काठमाडौं महानगरको फोहोर बोक्ने गाडी बञ्चरेडाँडा जाँदै गर्दा अनावश्यक रोकेपछि विरोधस्वरूप मेटाफोरका रूपमा फेसबुकमा अभिव्यक्ति दिएकोमा ‘जलाइदिन्छु’ शब्द प्रयोग भएको थिएन।
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया