NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ जेठ २१ गते

‘मेरो निवासमा भेटिएको रकम एआई हुनुपर्छ’

काठमाडाैं ।  पूर्वप्रधानमन्त्री शेर बहादुर देउवाले निवासमा भेटिएको भनिएको सामाजिक सञ्जालमा आएको विवरण ‘एआई जेनेरेट’ भएको बताएका छन् ।

गौरीबहादुर कार्की जाँचबुझ आयोगको सार्वजनिक भएको प्रतिवेदनमा उनले यस्तो बयान दिएका हुन् । ‘नेपाल प्रहरी वडा अध्यक्षको रोकहस्तमा गरेको मुद्दाकामा मेरो निवासमा भेटिएको रकमको उल्लेख छ, ठूलो परिमाण थिएन । सामाजिक सञ्जालको विवरण एआई जेनेरेट हुनुपर्छ।’  प्रतिवेदनमा उल्लेख छ ।

देउवाले दिएको बयान यस्तो छ 

२०८२ भाद्र २२ गतेको दिन म बुद्धानिलकण्ठ वडा नं २ बासुकी मार्ग स्थित मेरो निजी निवासमा थिएँ र सो दिन बेलुका बालुवाटारमा पनि उपस्थित भएँ मैले सामाजिक सञ्जालमाथिको प्रतिबन्ध हटाउन आग्रह गरे तत्कालीन प्रधानमन्त्री हटाउनुभएको थियो तर म कुनै औपचारिक बैठकमा सहभागी थिइन । भाद्र २४ गते बिहान १० बजे प्रदर्शनकारीहरू मेरो निजी निवासमा भेला भई नाराबाजी गर्दा सुरक्षाकर्मीले रोक्दा रोक्दै हामी माथि हातपात भयो र केही जिज्ञासु युवाहरूले बचाए । हामी राति २२ :०० बजेतिर सुरक्षित स्थान पुग्यौँ ।

नेपाल प्रहरी वडा अध्यक्षको रोकहस्तमा गरेको मुद्दाकामा मेरो निवासमा भेटिएको रकमको उल्लेख छ, ठूलो परिमाण थिएन । सामाजिक सञ्जालको विवरण एआई जेनेरेटेड हनुपर्छ । साे सम्बन्धमा कुनै प्रहरी कार्यालयमा रिपोर्ट गरेको थिएन। यो नितान्त षडयन्त्र हो तर कसले गर्यो थाहा भएन । मेरो निवासमा भएको तोडफोड, आगजनी र लुटपाट सम्बन्धमा नेपाल प्रहरीले मुद्दा लगायतका विवरण लगेको हो र कारवाही सम्बन्धमा जानकारी छैन।

ताजा अपडेट

नेपालवाच विशेष