चुमनुब्रीको फिलिममा मोटर पुग्यो
गोरखा । गोरखाको चुमनुब्री गाउँपालिकाको केन्द्र सिर्दिवासको फिलिममा मोटर पुगेको छ । पर्यटक बोकेको जीप बुधबार नाग्चेतबाट बुढीगण्डकी नदी पारीको सो क्षेत्रमा पुगेको हो ।
बेनिघाट आरुघाट लार्के सडकअन्तर्गत नाग्चेत हुँदै पाङसिङसम्म मोटर चल्छ । तर, मोटरेवल पुल अभावमा नाग्चेत पारी रहेको फिलिममा भने गाडी पुग्न सकेको थिएन । स्थानीय व्यवसायीले बुढीगण्डकीमाथि अस्थायी पुल निर्माण गरेका छन् । नदी किनारबाट फिलिमसम्मको गोरेटो बाटो चौडा गरिएको छ । त्यसैले उक्त क्षेत्रमा मोटर पुग्न सहज भएको हो । चारपाङ्ग्रे सवारीसाधन सहजै आउजाउ हुने गरी अस्थायी पुल निर्माण गरिएको स्थानीय कुमारी गुरुङले बताइन् ।
“पहिले नाग्चेतमा झरेर झोलुंगे पुलहुँदै पैदल आउनुपर्थ्यो”, उनले भनिन्, “अहिले मोटर आउने गरी अस्थायी पुल बनेको छ ।” रासस
ताजा अपडेट
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन
-
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल


प्रतिक्रिया