काठमाडौँ – नेपाली काँग्रेसले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक लाई सरकारले गलत ढंगले पक्राउ गरेको निष्कर्ष निकालेको छ।
शनिबार बसेको पार्टीको बैठकपछि जारी विज्ञप्तिमा उक्त धारणा सार्वजनिक गरिएको हो। काँग्रेसले भदौ २३ र २४ गतेका घटनालाई निष्पक्ष रूपमा टुङ्ग्याउनुको सट्टा सरकारले राजनीतिकरण गर्न खोजेको आरोप लगाएको छ।
विज्ञप्तिमा भनिएको छ कि एउटै घटना, एउटै छानबिन प्रतिवेदन र समान सिफारिस हुँदाहुँदै पनि सरकारको व्यवहार “सेलेक्टिभ” देखिएको छ। आयोगले सिफारिस गरेका व्यक्ति तथा निकायमध्ये सुरक्षा संयन्त्रका हकमा अध्ययन समिति गठन गर्ने निर्णय गरिएको भए पनि अन्य विषयमा तत्काल कार्यान्वयन गर्दै हतारमा पक्राउ गरिएकोप्रति काँग्रेसले आपत्ति जनाएको छ।
काँग्रेसले यसप्रकारको कदमले निष्पक्ष अनुसन्धान प्रक्रियामाथि प्रश्न उठाएको र कानुनी शासनको मर्म विपरीत भएको जनाएको छ।
प्रतिक्रिया