NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ जेठ २१ गते

नेकपा संसदीय दलको नेतामा प्रचण्ड

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ पार्टीको संसदीय दलको नेता चयन भएका छन् ।

आइतबार बसेको नेकपा संसदीय दलको बैठकले प्रचण्डलाई सर्वसम्मत रूपमा दलको नेतामा चयन गरेको नेता युवराज दुलालले जानकारी दिए ।

त्यस्तै, दलको उपनेता भने पछि चयन गर्ने सहमति भएको पार्टीले जनाएको छ । फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा नेकपाका १७ जना सांसद निर्वाचित भएका थिए ।