NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ जेठ २१ गते

रवि लामिछानेको मुद्दा अब पूर्ण इजलासमा

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने विरुद्धको संगठित अपराध र सम्पत्ति शुद्धीकरण कसुर संशोधन गरी फिर्ता लिने महान्यायाधिवक्ता कार्यालयको निर्णयविरुद्ध दायर रिट पूर्ण इजलासमा सुनुवाइ हुने भएको छ।

सर्वोच्च अदालतमा आज (आइतबार) न्यायाधीशद्वय विनोद शर्मा र अब्दुल अजीज मुसलमानको संयुक्त इजलासले सो रिट पूर्ण इजलासमा पेस गर्न आदेश दिएको हो। सो रिटमा चैत १० गतेदेखि सुनुवाइ भएको थियो।

तत्कालीन महान्यायाधिवक्ता सविता भण्डारी बरालले लामिछानेविरुद्ध केपी शर्मा ओली सरकारको पालामा लगाइएका सम्पत्ति शुद्धीकरण र संगठित अपराधका मुद्दा फिर्ता गर्ने निर्णय गरेकी थिइन्।